Techie IT
×
गृहपृष्ठग्लोबलस्थापना देखि लामो समय सम्म अध्यक्ष रहेका डा उपेन्द्र महतो अब एनआरएन होइनन

स्थापना देखि लामो समय सम्म अध्यक्ष रहेका डा उपेन्द्र महतो अब एनआरएन होइनन


काठमाण्डौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना देखि लामो समय सम्म अध्यक्ष रहेका डा उपेन्द्र महतो अब एनआरएन होइनन। उनि फर्केका एनआरएन र पूर्व अध्यक्ष मात्र हुन् त्यसैले उनको सम्मान संस्थापक अध्यक्षको रुपमा मात्र हो।

भूगोलका नेपाली र भावनाका नेपाली अर्थात नेपालका नेपाली, नेपाली मुलका बिदेशी अनि विदेस्थापना देखि लामो समय सम्म अध्यक्ष रहेका डा उपेन्द्र महतो अब एनआरएन होइननशमा बस्ने नेपालीलाइ लाग्दो हो, यो डा महतो भनेको नेपालमा लगानी भित्र्याउने माउते एनआरएन हो। यिनले नेपालको अर्थतन्त्र र रोजगारीको क्षेत्रमा योगदान देलान। त्यो कुरा झुटो त होइन तर सुनिएको, मानिएको र भनिएको जस्तो सत्य चाहिँ छैन।

उनि एनआरएहरुको भावनामा खेलेर व्यापार गर्छन। एनआरएनको नाममा भूतको तन्त्र लगाएर बिर मसान खेल्छन। महँगोमा चालक किन्छन अनि सस्न्तोमा यात्रु बेच्छन। नेपालमका पोलिटिकल पावर ब्रोकरहरुको सेटिङ्गमा नेपालमा नै बसेर नेपाल नै ठग्नछन्।

केहि महिना पहिला नेपालका एकजना इन्भेस्टिगेटिङ्ग जर्नालिस्टको रिपोरिङ्गले उनका धेरै मध्ये एउटा कथाको उजागर गेको थियो। त्यसबाट उनलाई पनि उदाङ्गो बनाइदिएको छ। जाइकाले बनाइदिएको काठमाण्डौको बसपार्कमा साना ठुला गरेर १८ वटा भन्दा धेरै स्टक्चर बनाएर कुम्लुङ्ग पारेको कुरा सेलाएको नै छैन।

उनको मेडिसिटीले नखु खोलाको भैंसेपाटी बाउण्डतिर खोला किनाराको दर्जनौ रोपनीको हडपेको कुरा कसैको आँखा र कानमा छैन।

एमाले नेता रघुबिर महासेठसंग मिलेर गरेका उद्योग ठेकेदारी, उठ्योग र ब्यासायको अनुमति ठेकेदारीका धमाल पनि कुनै दिन कसैले ल्याउलान। यति मात्र होइन नेपालका पोलिटिकल पावर ब्रोकरद्वारा सेटिङ्गमा काम गर्ने डा महतोले आदर्शका कुरा भने बहुत गर्छन।

रसियाको पैसा नेपाल ल्याए भन्ने कुरा कतिलाई थाहा छ तर रसियामा उनि ब्लाक लिष्टमा छन् भनिन्छ। अनि त्यो पैसामा नेपालको पैसा पनि जोडेर बिस्तारै भारतको फरिदावाद पुर्याउन् थालेका छन्। त्यसैले उनि नेपालमा भन्दा भारतमा धेरै बस्छन। नेपालका पावर ब्रोकरहरुलाइ त्यहाँ घर किनिदिएको कुरा पनि अपुष्ट रुपमा आएका छन्।

पुस्तौं देखि नेपालमा ब्यबसाय गर्ने बिनोद चौधरीलाइ कम्प्लेन गर्ने उनले चौधरीको एक भाग पनि ट्याक्स नेपालमा तिर्दैनन। एनसेल काण्डको कुरा अझै दुनियाँले बिर्सेका छैनन। छोटोमा भन्नुपर्दा लाखको झ्याइँ खट्टे झानेर करोडको कौडा दाउमा पार्दछन।

२०१३ देखि नेपालमा नै बस्दै आएका डा महतो अहिले एनआरए होइनन फर्केका एनआरए चाहिँ पक्कै हुन्। त्यसैले २०१५ मा नै मैले उनको स्टाटासको कुरा उठाउँदा कसैले पनि वास्ता गरेनन। २०१७ देखि उनि एनआरएनहरुको महाधिवेशनमा भोट नगर्ने भन्दै आएका थिए। २०१९ मा भने उनले बहिस्कारको नाटक रचे। अहिले आएर दुनियाँलाइ थाहा भयो उनि एनआरएन नभएको मात्र होइन एनआरएनका हक अधिकारका दुश्मन पनि हुन्, प्रमाण गत महिना नै दिइएको छु।

२०१९ मा एनआरएनको महाधिवेशन राजनीतक हस्तक्षेप भनेर बहिस्कार गरेका उनि २०२१ अर्थात यो १० औं माहाधिवेशनमा भने जीउ ज्यान फालेर देउबा देखि ओलीको झोली तान्न र गगनको पाउमल्न सम्म पुगे। उनकै जालझेलमा तहस नहस पुर्याएको एनआरएनएलाइ फुटबल मैदानमा लगेर क्रिकेट ब्याटले खुट्टा भाँच्ने, टाउको फुट्नेगरि, आँखा घोच्ने गरेर अनि खोपडीको गिदी निस्कनेगरी हाने। यति मात्र होइन लोभीलाइ पदले, पापीलाइ आशले कुमुल्ट्याएर भष्माशुरको खाल्डोमा पुरे।

तर, वास्तविक कुरा, एक बोरा धान कुट्दा चामलको खण्ड एक भाग भन्दा कम र भुसको खण्ड दुइ भाग भन्दा धेरै हुन्छ। अझै पनि ओजन, गुण, पोषण र आवश्यकता अनि तत्व कुरामा चामल धेरै हुन्छ। उनले लिलाममा भुस लगे, नाफामा घुन किरा खाए र ढुटो-पिठो उडाएर फिड देखाए।

समरणीय कुरा, शेर बहादुर देउबा, गगन थापाहरु एनआरएनएका प्रतिनिधि र मतदाता होइनन। उनीहरु आएर, सिप र ज्ञान दिन आएका भनिएका भेडा-बाख्रालाइ कोठामा थुनेर ल्याप्चे हान्न लगाएर महाधिवेशन बैधानिक हुने होइन। महाधिवेशन प्रतिनिधिलाइ मताधिकारबाट बन्चित गराएर पुटिन स्टाइलको अध्यक्ष मण्डलले मण्डले पारामा इलेक्शन होइन सेलेक्शन गर्नेलाइ निर्वाचन भन्ने ? अझै पनि बधाई खाने र दिनेलाइ किञ्चित पनि लाज नहुँदो हो। महाधिसेशन त बिधानले तोकेको बिधि अनुसार हुनुपर्छ। त्यो चाहिँ मार्च २२ देखि २४ सम्म काठमान्डौको होटल याक एण्ड यतिमा सम्पन्न भयो।

अन्तमा; गगनहरुले यो जानुनकी तिमीहरु निर्वाचनबाट आउने जनप्रतिनिधि हौ। तिम्रो भावी चुनावमा तिम्रै ठाउँमा एनआरएनहरुले विकल्पका रमेश खरेललाइ मत नमागुन!


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस