Techie IT
×
गृहपृष्ठग्लोबलगल्फप्रवासी भुजेल समाज युएईको अधिवेशन सम्पन्न : अध्यक्षमा घर्ती सर्वसम्मत निर्वाचित

प्रवासी भुजेल समाज युएईको अधिवेशन सम्पन्न : अध्यक्षमा घर्ती सर्वसम्मत निर्वाचित


यूएई – प्रवासी भुजेल समाज सेवा समिती युएईको पाँचौं अधिवेशन तथा दशौं स्थापना दिवस एक कार्यक्रमका बिच २७ मार्च २०२२ का दिन दुबईको जाबिल पार्कमा सम्पन्न भयो ।

कार्यक्रममा महासचिवले प्रस्तुत गर्नुभएको समाजको प्रगती प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई भेलाले सर्वसम्मतले पास गरेको थियो ।

समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजक तथा सल्लाहकार यम बहादुर घर्ती र पुर्व सल्लाहकार महेश भुजेल सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन समितिले आगामी दुई वर्षे (२०२१/२०२३) कार्यकालको लागि तुल बहादुर घर्तिको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मीन बहादुर भुजेल (स्याङ्जा), उपाध्यक्ष चन्द्रकला खवास (मोरङ), महासचिव विष्णु थापा (स्याङ्जा), सचिव देव भुजेल (लमजुङ), कोषाध्यक्ष प्रकाश भुजेल (तनहुँ ), सह-कोषाध्यक्ष वसन्ती जियम (स्याङ्जा) चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा क्रमशः खडक भुजेल (स्याङ्जा), सुनिता भुजेल (रुपन्देही), सुरज भुजेल (झापा), यम भुजेल (स्याङ्जा), गोमा भुजेल (सोलुखुम्बु), हरि भुजेल (झापा), लक्ष्मण भुजेल (मोरङ), संजय भुजेल (चितवन) रहनु भएको छ ।

समाजका अध्यक्ष रन्जन भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाकार सुर्य बहादुर खवास, संस्थापक उपाध्यक्ष एवं सल्लाहकार यम बहादुर घर्ती तथा महेश भुजेलले मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तुल बहादुर घर्तिले दिनु भएको थियो भने कार्यक्रम महासचिव मीन बहादुर भुजेलले संचालन गर्नु भएको थियो ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस