Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको संसोधित बिधान अनुसार प्रतिनिधि छनोट गर्नु नपर्ने, अध्यक्षको क्षेत्रगत चक्रिय प्रणाली

एनआरएनएको संसोधित बिधान अनुसार प्रतिनिधि छनोट गर्नु नपर्ने, अध्यक्षको क्षेत्रगत चक्रिय प्रणाली


काठमाडौं – काठमाडौंको होटल याक एण्ड यति दरबारमार्गमा हुँदै गरेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको बन्द सत्र मार्च २३, २०२२ बाट ८ वटा विभिन्न संसोधन प्रस्ताव पारित गरिएको छ। यी पारित गरिएका प्रस्तावहरु लाइ संसोधित बिधान २०२२ मा समावेस गरिने छ।

संघका उपाध्यक्ष तथा १० औं महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाको अध्यक्षमा सुरु भएको बन्द सत्रमा प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यता रहेको थियो। बन्द सत्रबाट ८ वटा संसोधन प्रस्ताव पारित गरिएका छन्। पारित प्रस्तावहरु एकदमै सान्दभिक, व्याहारिक र उत्कृष्ट रहेको मानिएको छ।

प्रस्तावको प्रति:

संसोधन प्रस्ताव:

आज मिति मार्च २३, २०२२ बुधबारका दिन गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको बन्द सत्र काठमाण्डौको होटल याक एण्ड यतिमा दिनको १२:०० बजे सुरु गरियो। 

प्रतिनिधिहरुको उपस्थिति भएपछि संघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजका सोनाम लामाको अध्यक्षतामा बन्द सत्र सुरु गरियो। महाधिवेशनको बन्दसत्रमा संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभयो। 

१० औं महाधिवेशनको बन्द सत्रले देहायका बिधान संसोधनका मस्यौदा र केहि बिधिहरु समेत घनिभूत छलफलपछि पारित गरेको छ:

१. गैरआवासीय नेपाली संघको बिधान २००३ को संसोधित प्रति २०२१ मा भएको सबैभन्दा विवादित दफा महाधिवेशन प्रतिनिधि छनोट संबन्धि (६५, २५, १०) लाइ निलम्बन गरियो। 

२. अब २०२३ देखि महाधिवेशन प्रतिनिधि हुनको लागि संघको सदस्यता कम्तिमा एक पटक नवीकरण गरेको हुनुपर्नेछ। तर महाधिवेशन प्रतिनिधि हुँदाको बखत निजको सदस्यता भ्यालिड कायम पंजीकृत भएको हुनुपर्ने छ। यस्ता योग्यता पुगेका सबै पंजीकृत सदस्यहरु सबैलाई महाधेवेशन हुन खुला गर्ने प्रस्ताव पारित गरियो।

३. संघको नेतृत्व चयनका लागि उम्मेदवार हुन संघको अन्तराष्ट्रिय परिषद बैठकले पारित गरेको वर्तमान मनोनयन दर्ता शुल्कलाइ आधा (काम) गर्ने प्रस्ताव पारित गरियो। त्यो प्रस्ताव यसै १० औं महाधिवेशनको लागि पनि लागु हुनेछ। 

४. अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा महिलाहरुको संख्या २०२३ मा २५ प्रतिशित र २०२९ सम्ममा ५० प्रतिशित गर्नुपर्ने प्रस्ताव पारित गरियो।

५. गैरआवासीय नेपाली संघको हाल भएका ६ वटा क्षेत्रलाइ मध्येपूर्व र अफ्रिकालाइ जोडेर एउटा बनाउने र अरु यथावत राख्दै जम्मा ५ क्षेत्र मात्र हुने पस्ताव पारित गरियो। उपरान्त देखि मध्येपूर्व तथा अफ्रिका क्षेत्र, एशिया क्षेत्र, युरोप क्षेत्र, ओसीयानिया क्षेत्र र द अमेरिकाज क्षेत्र मात्र रहने छन्।

६. अब ११ औं महाधिवेशन देखि हरेक क्षेत्रबाट रोटेशन सिस्टमका आधारमा केन्द्रिय अध्यक्षका उम्मेदवार हुन पाउने प्रस्ताव पारित गरियो। त्यो पटक त्यो क्षेत्रका मात्र अध्यक्षका प्रत्यासीले केन्द्रिय अध्यक्षमा उम्मेदवार हुन पाउने प्रस्ताव गरियो। उपरान्त देखि अर्को कुन क्षत्रले पालो पाउने भन्ने निर्णय त्यो महाधिवेशन हलले निर्धारण गर्नेछ।  

७. गैरआवासीय नेपाली संघको यसपूर्व गरिएको अनलाइ भोटिङ्ग ब्यबस्थालाइ निलम्बन गर्ने प्रस्ताव पारित गरियो।  अब प्रतिनिधिहरु स्वयं उपस्थित भएर भोटिङ्ग गर्नुपर्नेछ। यो ब्यबस्था यसै १० औं महाधिवेशन देखि नै लागु हुनेछ।

८. आज मार्च २३, २०२२ का दिन यो महाधिवेशन हलमा रहेका प्रतिनिधिहरु नै यो १० औं महाधिवेशन उम्मेदवारहरुका लागि मतदाताहरु हुनेछन।

कृष्ण के सी
प्रवक्ता
गैरआवासीय नेपाली संघको १० महाधिवेशन
मार्च २३, २०२२


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस