Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको इतिहासमा मेरो कार्यकाल उत्कृष्ट सावित हुनेछ:अध्यक्ष कुँवर रंजन राज कुँवर

एनआरएनएको इतिहासमा मेरो कार्यकाल उत्कृष्ट सावित हुनेछ:अध्यक्ष कुँवर रंजन राज कुँवर


काठमाडौं – २०२२ गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष अब को बन्ने भन्ने विषयमा लामो समय विवाद चल्यो। कतिपयले कौडा हानेर दाउ लगाए त कतिले बल्छी हानेर माछा कुरेर बसे।

संघका निवर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसीलाई अध्यक्ष बनाउन खुलेरै लागि परेका थिए। अर्को समूह कुल आचार्यलाई अध्यक्ष बनाउनु पर्ने पक्षमा थियो। यसबीच १० औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित विनोद कुँवरसंग गरिएको छोटो कुराकानीको यहाँ प्रस्तुत् गरिएको छ।

अक्टुवर २०२१ मा हुनुपर्न महाधिवेशन मार्चमा आएर सम्पन्न भएको छ। त्यो पनि बिशेष परिस्थितिमा पुगेर। यसमा विभिन्न देशहरुमा भएको भोटर (प्रतिनिधि) चयनबाट सुरु भएको विवादले संघलाई फुटको संघारमा पुर्याएको थियो। अब त्यो समय समाप्त भयो। छड्के किनारमा साछी बसेर, गाइ-तिर्शुल गरेर नेतृत्वको लागि अबैधानिक बक्र-चक्र गर्ने प्रयास समाप्त भएको छ। अब संघको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व आएको छ।

संघका प्रमुख पूर्व अध्यक्षहरु नै सक्रिय रुपमा लवी गर्न लागेको देखियो। त्यसै समय म फरक जिम्मेवारीको लागि आएको थिएँ। तर पछिल्लो परिस्थितिले मलाइ चुनौती लिन बाध्य बनायो। अध्यक्षको लागि दावी गरे र निर्बिरोध रुपमा ठूलो नेतृत्व पाएको छु। यसलाई गंभिर रुपमा लिएको छु। प्रतिनिधि एकातिर विवादित, नेतृत्व पक्ष अन्धो जस्तो, कार्यकाल अक्टुवरमा सक्किएर मार्च सम्म पुगेको अवथा। स्थानिय रुपबाट आएका अन्योलको अवस्थामा पनि हामीलाई आएका छौं। विषम परिस्थितिमा सम्पन्न यो महाधिवेशनबाट मेरो जिम्मेवारीमा कठिन बाटो आएको छ। तर मसंग एकदम लाइक माइण्डेड साथीहरु हुनुहुन्छ। एकदम सफल अग्रजहरु साथमा हुनुहुन्छ। परिस्थिति अनुरुप काम गर्ने सदिच्छाका साथीहरु आएकाले छन्।

काम गर्न धेरै मौका छन् तर पनि हामीलाई काम गर्ने धेरै मौका छन्। हामीमा कुनै स्वार्थ छैन। त्यसैले यो कार्यकाल एकदम सक्रिय र नतिजामुखी हुनेछ। धेरै विवादित बिषय जस्तोकि प्रतिनिधि छनोट, निर्वाचनका कुरा, नेपालसंग जोडिएका बिषमा हामीले धेरै मार्च २३ मा नै परिमार्जन गरेका छौं। अब केवल नयाँ भिजन, भूगोल भावना जोडेर योजना कार्यान्वयन गर्ने हो।

हामी खासगरी नेतृत्व चयनमा हामीले ठुलो रिजोलुशन फ्लोरबाट पास गरेका छौं। अब त केवल केहि साथीहरु जोडेर कार्यान्वयनमा जाने हो। कतिपयलाई भ्रम परेको होला अब के हुन्छ ? म जवाफ दिन्छुकी, मेरो नेतृत्वको कायकाल उत्कृष्ट हुनेछ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस