Techie IT
×
गृहपृष्ठग्लोबलअन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने

अन्तत एनआरएनएमा सहमति, आचार्य र केसी दुबै अध्यक्ष, एकताको संयुक्त महाधिवेशन गरिने


काठमाडौं – गैर आवाशीय नेपाली संघ एनआरएनएको बिगत छ महिनादेखिको विवाद अन्त्य भएको छ ।

अध्यक्षका दुई प्रत्यासी आचार्य र केसिलाई समान हैशियतका अध्यक्षहरु बनाउनेगरि सहमति भएको छ । कुल आचार्य र बद्रि केसीलाई दुई अध्यक्ष बनाउने र बाँकी उपाध्यक्ष, महासचिव, सचिवलगायतका प्रमुख पद थप्नेगरि मंगलवार राती सहमति भएको हो ।

विवादलाई मिलाउन शुरुदेखि नै मध्यस्थकर्ताको भूमिका खेल्दै आएका एनआरएनए अध्यक्ष कुमार पन्त,कोषाध्यक्ष महेश श्रेष्ठ,सल्लाहकार सोम सापकोटा,मानार्थ सदस्य शनि ओली,एनआरएनए यूएसएका सल्लाहकार बेद खरेललगाएतको मेहनतले सहमती भएको हो । अब सँस्थामा एक कार्यकाल समान हैशियतका दुई अध्यक्ष हुने छन् । अन्य महत्वपूर्ण पद थपेर मिलाउने र एकताको महाधिवेशन गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ ।
सोमबार राती सहमति भएलगत्तै कुल आचार्य, बद्रि केसी र एनआरएनए अध्यक्ष कुमार पन्तले एनआरएनए सचिवालयमा मंगलवार विहान आठ बजे सामुहिक पत्रकार सम्मेलन गर्दैछन ।

एनआरएनएको एकता गराउन अन्तिम अवस्थामा निकै मेहनत गरेका श्रेष्ठले अब सँस्था एक हुने भएकोमा खुशि लागेको बताए । धेरै दुख गरे,धेरै साथिहरुको गाली पनि खाए तर पनि सँस्था बचाउने प्रमुख भूमिकामा रहन पाउँदा खुशि लागेको छ कोषाध्यक्ष श्रेष्ठले बताए । उनले अब सँस्थामा कहिलै यस्तो विवाद आउन नदीन सबै अभियन्तालाई अनुरोध गरे ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस