Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए महाधिवेशनको अध्यक्षता गर्न अध्यक्ष पन्तलाइ प्रमुख संरक्षक र आयोजक समिति संयोजद्वारा संयुक्त रुपमा निमन्त्रणा 

एनआरएनए महाधिवेशनको अध्यक्षता गर्न अध्यक्ष पन्तलाइ प्रमुख संरक्षक र आयोजक समिति संयोजद्वारा संयुक्त रुपमा निमन्त्रणा 


काठमांठौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको अध्यक्षता गर्न २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तलाइ प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले र संघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाले संयुक्त रुपमा निमन्त्रणा गर्नु भएको छ।

मार्च २२ देखि २५ सम्म होटल याक एण्ड यति दरवारमार्ग, काठमाण्डौमा आयोजित उक्त महाधिवेशनको संघारमा पुग्दा अध्यक्ष कुमार पन्तले प्रमुख संरक्षकलाइ फोन गरेर महाधिवेशबारे जानकारी लिनुभएको थियो।

प्रमुख संरक्षक घलेले महाधिवेशनको सबै तयारी पुरा भएको, धेरै प्रतिनिधिहरु आइसकेको र कति आउने क्रममा रहेका छन्। यसका साथै महाधिवेशनको सबै तयारी पुरा भएको जानकरी दिनुभयो।

साथमा प्रमुख संरक्षक शेष घलेले निमन्त्रणा पठाई सकेकाले अध्यक्ष कुमार पन्तललाइ आफू र महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामा समेतको तर्फबाट महाधिवेशनको ओपनिङ्ग सेशनको अध्यक्षता गर्न अनुरोध गर्नुभएको थियो।


क्याटेगोरी : ग्लोबल
ट्याग : #10th NRN Conference, #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस