Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ मार्च २२ देखि २५ सम्म एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा

मार्च २२ देखि २५ सम्म एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा


काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन मार्च २२ देखि २५ अर्थात चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने भएको छ।

संघको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा हुने कुरा महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष सोनाम लामाले बताए । मार्च २२ देखि २५ सम्म हुने सो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले जनाए ।

गैरआवासीय नेपालीहरु महाधिवेशनको लागि नेपाल आउने क्रम जारी रहेको छ। महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु पनि गठन गरिएको संयोजक लामाले बताए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस