गृहपृष्ठ ∕ ग्लोबल ∕ यमनमा साउदीको भीषण हवाई कारबाही, कम्तीमा ५० जना युद्धबन्दीको मृत्यु यमनमा साउदीको भीषण हवाई कारबाही, कम्तीमा ५० जना युद्धबन्दीको मृत्यु दीप संञ्चार भदौ १५, २०७६ गते १६:१७ मा प्रकाशित साना– यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा ५० जना मारिएका र १०० भन्दा बढी घाइते भएका छन् । मन्त्रालयले घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको जनाएको छ ।घाइतेहरुको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । यहीबीच, हुथी समूहद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले धमार प्रान्तस्थित सामुदायिक कलेज परिसरभित्र रहेको युद्ध बन्दीगृहको विभत्स दृश्य प्रशारण गरेको थियो । यो स्थानमा अन्तर्राष्ट्रिय रेडक्रसका पदाधिकारीले पनि बेलाबखत भ्रमण गरिसकेका थिए ।रेडक्रसका अनुसार यो युद्ध बन्दीगृहका बारेमा रेडक्रस र साउदी गठबन्धन दुबैलाई राम्रोसँग थाहा थियो । हुथीका अनुसार सरकार पक्षबाट धेरै युद्ध लडिसकेका झण्डै १७० जना सैनिकहरु केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो ।साउदी गठबन्धनले भने धमारमा हुथी समूहका केन्द्रहरुलाई लक्षित गरी हवाई कारबाही गरिएको दाबी गरेको छ । साउदीले हुथीले लुकाएर राखेका हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली र ड्रोन भण्डारण केन्द्रहरुमा आक्रमण गरेको बताएको छ ।धमार राजधानी सानाबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको छ । धमार र साना सहित उत्तरी प्रान्तहरुमा हुथी विद्रोहीले सन् २०१४ देखि नियन्त्रण कायम गरेका छन् । यमनका राष्ट्रपति अब्द–रब्बु मन्सुर हाडी र उनको सरकारलाई सानाबाट हुथी विद्रोहीहरुले विस्थापित गरेका छन् ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । –सिन्ह्वाक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक…विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घननेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी