Techie IT
×
गृहपृष्ठग्लोबलकास्की आदर्श समाज अन्तरराष्ट्रिय समन्वय परिषद नेपालको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक सप्पन्न

कास्की आदर्श समाज अन्तरराष्ट्रिय समन्वय परिषद नेपालको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक सप्पन्न


काठमाडौँ -“विश्वभरीका कस्केली खोजि अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ स्थापित कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपालको सम्पन्न तेश्रो महाधिवेशन द्वारा निर्वाचित कार्यसमितीको पहिलो बैठक मिति २०२२ जनवरी १७ तारिक सोमबारको दिन समाज कि अध्यक्ष श्रीमति सिता बराल ज्यु को अध्यक्षतामा जुम भर्चुअल मार्फत बैठक सम्पन्न भएको छ।’

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्,नेपालको पाँचौं स्थापना दिवस तथा तेश्रो महाधिबेशनको उद्घाटन समारोहमा संस्थाको निमन्त्रणालाइ स्विकार गरि आफ्नो कार्य ब्यस्तता बिच पनि गरिमामय उपस्थित भइ कार्यक्रमलाई सफल बनाइ दिनुहुने प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार सहरी बिकास तथा यातायात व्यवस्था मन्त्री माननीय श्री कुमार खडका ज्यु , विशिष्ट अतिथि ज्युहरु, अतिथि ज्युहरु, सँस्थाका संरक्षक ज्युहरू, सल्लाहकार ज्युहरु राष्ट्रिय समितिका अध्यक्ष ज्युहरु सम्पूर्ण प्रतिनिधि ज्युहरु, पत्रकार ज्युहरु भौतिक तथा जुम भर्चुअल मार्फत उपस्थित सम्पुर्ण कस्केली तथा गैर कस्केली दाजुभाई दिदिबहिनी लगायत निबर्तमान कार्य समितिका सम्पूर्ण पदाधिकारी ज्युहरु पदेन सदस्य ज्युहरु नेपाल च्याप्टरका सम्पुर्ण टिम ,निर्बाचन प्रकृया लाइ छलफल का माध्याम बाट लामो समयको मिहेनत पछि सर्बसम्मत नेतृत्व चयन गराउन सफल निर्बाचन समितीका संयोजक तथा सदस्य ज्युहरु अध्यक्ष मन्डल लगायत सम्पुर्णमा महाधिवेशन सफल बनाउन अहोरात्र खट्नु हुने सम्पुर्णमा हार्दिक हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेको थियो।

संस्थाको पाचौं वार्षिक सभा तथा तेश्रो महाधिवेशनको उपस्थित सबैले समिक्षा गर्दा कामको सिलसिला मा केहि साना तिना कमि कमजोरिका बाबजुत पनि महाधिबेशन भब्य र सब्य रुपमा सफल भएको छ र आगामि दिन हरु मा साना तिना कमि कमजोरि हुन नदिन छलफल सहमति र सहकार्यमा जोड दिने निर्णय बैठकले गरेको थियो।

कास्की आदर्श समाज अन्तरराष्ट्रिय समन्वय परिषद नेपालको २०२१-२४ कार्यसमितीको पहिलो वैठकमा उपस्थित कार्यसमितीका पदाधिकारी विच परिचयात्मक कार्यक्रम सम्पन्न भयो । परिचयको क्रममा सबैले आ-आफ्ना बिगतका अनुभवहरु शेयर गर्दै आफुले पाएको जिम्मेवारिलाई तन, मन र वचनले पुरा गर्ने प्रतिवध्दता जाहेर गर्नुभएको थियो ।

सँस्थाका गतिविधि विभिन्न संचारको माध्यम मार्फत सम्पूर्ण कस्केली तथा शुभचिन्तकहरु माझ पुर्याउन सँस्थाको बिधान अनुसार अध्यक्षको प्रस्तावमा युवा सह संयोजक श्री सन्तोष तिमील्सिनालाई प्रवक्तामा मनोनित गरिएको गरियो । र अन्तमा बैठक समापन गर्दै सस्थाकी अध्यक्ष सीता बराल ज्युले सस्थालाई अन्य देशमा पनि कास्की आदर्श समाज गठन गर्न हामी सबैले पहल गर्नु पर्ने बिगतमा भएका कार्य योजनाहरुलाइ क्रमश निरन्तरता दिने कास्की एउटा हाम्रो घर हो घर भित्रका हामी परिवारका सदस्य हौ घरलाई कस्तो बनाउने हामी सबैको जिम्मेवारी काधमामा छ भन्दै बैठकमा उपस्थित सम्पुर्ण लाई धन्यवाद तथा सम्पुर्ण निर्बाचित पदाधिकारी ज्यु लाई बधाई तथा सफल कार्यकाल शुभकामना ब्यक्त गर्दै बैठकको समापन गर्नु भएको थियो। बैठक को सन्चाल्न सस्थाका माहासचिब युबराज अधिकारिले गर्नु भएको थियो ।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस