Techie IT
×
गृहपृष्ठग्लोबलगल्फचितवन यूवा समुह कतारको १६ औं अधिवेशन ३१ डिसेम्बरमा हुँदै, तयारी पूरा

चितवन यूवा समुह कतारको १६ औं अधिवेशन ३१ डिसेम्बरमा हुँदै, तयारी पूरा


दोहा – कतारमा रहेका चितवनवासीलाई एकिकृत गर्ने हेतुले स्थापित चितवन यूवा समुह कतारले १६ औं अधिवेशनको तयारीलाई पूरा भाएक़ो छ।

आगामी ३१ डिसेम्बर २०२१, शुक्रबारका दिन अल दोसरी पार्कमा हुने अधिवेशनमा कोभिड १९ को पछिल्लो भेरियन्टलाई मध्यनजर गरी मास्कको अनिवार्य गरीएको छ।

दुई दशक अगाडी स्थापित संस्थाको अधिवेशन यहि ३१ डिसेम्बर २०२१ का दिन तय गरिएको संस्थाका अध्यक्ष रामहरी गैरले जानकारी दिएका छन् । दीप संचार मिडिया संगको संक्षिप्त कुराकानीका क्रममा गैरेले भने, “अधिवेशनका लागि प्रारम्भीक तयारी पूरा गरिसेका छौं ।”

त्यस्तै दीप संचार मिडियासंगकै कुराकानीमा संस्थाका उपाध्यक्ष श्याम पाण्डेले भने, “सन् २००१ मा कतारका पुराना व्यवसायी तथा अग्रज सागर नेपाल लगायतको अग्रसरतामा शुरुवात भएको यस संस्थाले यो उचाई स्थापित गरेको छ, थप उत्साह र उमंग सहित सामाजिक अभिभारा सम्पन्न गर्नको लागि हामीले अधिवेशन मार्फत जुझारु कार्यसमिति निर्माण गर्दैछौं ।”

समूहले ज़ारीगरेको विज्ञप्ति जस्ताको त्यस्तै

चितवन यूवा समूह कतारको १६ औं अधिवेशन सम्बन्धि सुचना ।

आदरणीय कतारबासी चितवने दाजुभाइ तथा दिदिबहिनीहरु, पत्रकार साथीहरू सबैमा न्यानो अभिबादन तथा सादर नमस्कार ।
कतारको नेपाली समाजमा बिगत दुई दशक देखि स्थापितभै आम कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु बिच परिचित सस्था चितवन युवा समूह कतार बिगतमा अग्रजहरुको निरन्तरता , त्याग र समर्पणबाट आजको मिति सम्म आईपुगेको सच्याई रहेको सन्दर्भ छ । सस्था प्रतिको अथाह मोह निरन्तर सहयोग र सद्भाव प्रदान गर्नुहुने तपाईं सम्बद्ध सबैमा आजको बैठक उच्च सम्मान सहित आदारभाब प्रकट गर्दछ ।
अत: चितवन युवा समूह कतारको १६ औ अधिबेशन आगामी ३१ डिसेम्बर २०२१ का दिन हुनेहुदा तपाईं समस्त चितवन देखि कतारमा आई विभिन्न पेशा ब्यबसाय तथा रोजगारी गर्नु हुनेसबैलाई सहभागिताका लागि सबैमा हार्दिक अपिल गर्दछ ।
देहाय उल्लेखित मिति र स्थानमा हुने अधिबेशन सम्बन्धि आवश्यक जानकारी लिन परेमा तपसिलका महानुभाबहरु समक्ष सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।

मिति : ३१ डिसेम्बर २०२१ / शुक्रबार
स्थान : अल दुसरी पार्क , सहानिया
समय : बिहान १० बजे
(कृपया सबै जना ले मास्क लगाएर मात्र आउनु होला )

सम्पर्क को लागी :
श्री रामहरी गैरे ७४४२१२७०
श्री श्याम पान्डे ५५०४४५१७
श्री कृष्ण सुनुवार ५०३५२४७१
श्री गणेश थापा ६६३२८२०९
श्री सुमन भारती ७७७४२७५५

हार्दिक धन्यवाद सहित ।
चितवन युवा समूह
कतार ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस