Techie IT
×
गृहपृष्ठग्लोबलनवलपरासी सेवा समाज कतार द्वारा ३ स्कुल र १ अस्पतालमा अक्षयकोष स्थापना

नवलपरासी सेवा समाज कतार द्वारा ३ स्कुल र १ अस्पतालमा अक्षयकोष स्थापना


काठमाडौँ

आपसी सहयोग, सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ २०७५असोज १९ मा सजन लौडारीको अध्यक्ष्यतामा गठन भएको नवलपरासी सेवा समाज कतारले नवलपरासी जिल्लाका तिन बिद्यालय र एउटा सामुदायिक अस्पताल छनौट गरि प्रत्येकमा रु. एक लाख बराबरको अक्षयकोष स्थापना गरेको छ।

सुनवल नगरपालिका, वडा नं. ०५ बनकट्टीमा अवस्थित श्री भगवती मा. बि., सुस्ता गाउपालिका, वडा नं. ५ पक्लिहवामा अवस्थित श्री दिपक मा. बि., बर्दघाट नगरपालिका, वडा नं. ०६ बेतहानीमा अवस्थित श्री राष्ट्रिय मा. बि. र बर्दघाट नगरपालिका वडा. नं. १४ चौपत्तामा अवस्थित जिल्लाकै एकमात्र सामुदायिक अस्पताल श्री शहिद स्मृति सामुदायिक अस्पतालमा अति गरिब तथा बिपन्न परिवारका सदस्यहरुले लाभ लिने गरि अक्षयकोष स्थापना गरिएको जानकारी समन्वयकर्ता, पुर्व शिक्षिका तथा स्थानीय समाजसेवी देवी पौडेलले बताए ।

अक्षयकोष स्थापना कार्यक्रम नवलपरासी सेवा समाज कतारका कोषाध्यक्ष गिरिराज पाठकको संयोजकत्वमा गठित उपसमिति जसमा समन्वयकर्ता देवी पौडेल, सल्लाहकार मोहन कार्की ,राम प्रसाद पन्थि ,तारा देवि हमाल, दिक्षा खांण सेन , रति वराईली लगायत मिना राना खरेलको पनि उपस्थिति रहेको थियो ।

चार स्थानामा एकैदिन ०५ पौष २०७८ मा भएको कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार मोहन कार्कीले संस्था स्थापनाका उद्धेश्य र भविष्यमा अन्तराष्ट्रिय स्तरमै नवलपरासी जिल्लाबासीहरुलाई समेटेर अन्तराष्ट्रिय समन्वय समिति बनाउने र जिल्लाको समग्र विकासमा सहयोग गर्ने उद्धेश्य रहेकोसमेत उल्लेख गरे  ।

कार्यक्रममा भर्चुअल मध्यमद्वारा उपस्थित संस्थाका अध्यक्ष सजन लौडारी, प्रथम उपाध्यक्ष अमित बराली, द्वितीय उपाध्यक्ष कृष्ण पन्थी, महासचिव दुर्गा हमाल, सचिव सुरज कुवर ,कोषाध्यक्ष गिरीराज पाठक, सह कोषाध्यक्ष नर बहादुर थापा ,सदस्य हरू बासुदेव पाण्डे ,रमेश पुरी, बिण्णु बहादुर शाही, राम जि सुवेदी ,परशुराम पाठक ,जित बहादुर गुरूङ,सन्ध्या अर्याल , जिता कुमारी गुरूङ, सद्दाम हुसेन, संरक्षक के. बि. हमाल, प्रमुख सल्लाहकार दिपक सेन,सल्लाहकारहरू मोहन कार्की क्षेत्री , प्रेम प्रसाद पौडेल ,कमल खरेल,गोपाल थापा,केश बहादुर गुरूङ,भिम प्रसाद चापागाईं,बोध राज दाहाल तथा अन्य नवलपरासी बासी कतार रहेका यस  संस्थामा जोडिएका  सदस्यहरु सबैले जिल्लामा भैपरि आउने दैवी प्रकोप तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नवलपरासी सेवा समाज कतारको सहयोग अविच्छिन्न रहने प्रतिवद्धता जनाए  ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस