Techie IT
×
गृहपृष्ठग्लोबलकांग्रेसलाई यथास्थितिबाट माथि उठ्न सुरेश भट्टको सुझाव

कांग्रेसलाई यथास्थितिबाट माथि उठ्न सुरेश भट्टको सुझाव


दोहा – विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रीय संयोजक सुरेश भट्ट आश्रिनले नेपाली कांग्रेसलाई यथास्थितिवादी नबन्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनको रौनक देशभर छायको समयमा केही दिन यता निकै चासो सहित कांग्रेसको महाधिवेशनलाई टिप्पणी र अपील गर्दै सामाजिक संजाल फेसबुकमा भट्टले यथास्थितिमा रहीरहेको कांग्रेसलाई सुधारित कांग्रेस,शूविचारीत कांग्रेस, गतिशील र अग्रगामी कांग्रेस बनाउ डा. शेखर कोइराला प्यानललाई सहयोग गर्न कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस यथास्थितिबाट नउठ्दा सम्म नेपाली कांग्रेस जनप्रिय कांग्रेस नहुने बुझाई रहेको कुरा उनले फेसबुकमा उल्लेख गरेका छन्। सामाजिक संजालमा भट्टले यसरी मागे डा. शेखर कोइराला प्यानललाई सहयोग । प्रिय कांग्रेसी साथीहरू! राजनीतिमा उमेरले परिपक्वता निर्धारण गर्दैन, गर्दै गर्दैन। लामो समय राजनीतिकमा लागेकाहरू संग विगतका प्रशस्तै अनुभव हुन्छन् बटुल्छन्।

तर विचारमा खिया लागेपछि अनुभवले काम गर्दैन। तत्पश्चात उमेर समुहको ढाढस सुरू हुने धनवाद, डनवादको राजनीति हुने , हनुमान चालीसा सुरू हुने प्रथा राजनीतिमा नौलो होईन। म नेपाली कांग्रेसको सदस्य त होईन । यद्यपी फरक दृष्टिकोण सहित फरक पार्टीमा आबद्ध व्यक्ति भएपनी नेपाली कांग्रेसलाई र आसन्न १४औँ महाधिवेशनलाई नजिकैबाट नियालीरहेको छू ।

देशको ठुलो र पुरानो पार्टी, त्यसैमाथी लोकतन्त्र र लोकतान्त्रिक शक्तिको महाधिवेशन संग्राममा युवा राजनीतिकर्मीको हैसियतले पनी चासो र चिन्ता नहुने त कुरै भएन । चासो यस मानेमा: सुधारित शूविचारित कांग्रेस, ईमानदार कांग्रेस, युवामैत्री कांग्रेस, परिपक्व नेतृत्व सहितको कांग्रेस र काम गर्ने क्षमता भएको एबिलिटी र इभालुएशन हेर्दैगर्दा डा. शेखर कोईराला प्यानल उत्कृष्ट देखिन्छ ।

सभापति पदका प्रत्याशीले “एकपटक यसपटक” मात्र एक कार्यकाल नेतृत्व गर्ने, पछी यूवाहरूलाई सुम्पिएर विदा लिने घोषणा गर्नू भनेको बर्षौँदेखी अध्यक्ष पदमा टाँसिएर महाधिवेशन नै नगरी मार्गपरिवर्तन गर्दै बसेकालाई चड्कन त मिलेकै छ, सुसंस्कृत राजनीतिको पाठ पनी पढाएका छन् । डा. शेखर कोईराला प्यानलका अपबाद बाहेक धेरैजसो निकै सवल, तर्कशील र प्रष्ट व्यक्तिहरू छन्।

यो प्यानल पार्टी स्थापनाकाल देखिको लिगेसिमा अडिग रहँदै देशलाई रूपान्त्ररण तिर अघी बढाउन काविल छ । चिन्ता: यदि १४औँ महाधिवेशनले कांग्रेसलाई उहि हँसिया हतौडामा भोट हाल्न लगाउने, बा’को बाहुबलीमा राजनीति गर्ने कांग्रेस बन्यो र पार्टी भित्रका विभिन्न संगठन अस्त-व्यस्त पार्ने, पार्टीलाई विधि विधानत: अक्षरशः परिपालना नगर्ने नेतृत्व दोहोरिएमा (अपबाद व्यक्तिको क्रेज बाहेक ) कांग्रेस प्रतिको जनलहर घट्ने पक्का छ, नेतृत्वको कर्तव्यविमुढ र अविश्वासका कारण नेपाली कांग्रेस पार्टीले ओरालो खुड्किलाहरू पारगर्दै हुनेछ ।

अतः राम्राहरूको टिम बनोस् भन्ने अपेक्षा सहित १४औँ महाधिवेशनको कांग्रेसी मित्रहरूलाई शुभकामना व्यक्त गर्दछू ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस