Techie IT
×
गृहपृष्ठग्लोबलगल्फचितवन यूवा समुह कतारको १६ औं अधिवेशन हुँदै, तयारी तिब्र

चितवन यूवा समुह कतारको १६ औं अधिवेशन हुँदै, तयारी तिब्र


दोहा – कतारमा रहेका चितवनवासीलाई एकिकृत गर्ने हेतुले स्थापित चितवन यूवा समुह कतारले १६ औं अधिवेशनको तयारीलाई तिव्रता दिएको छ ।

दुई दशक अगाडी स्थापित संस्थाको अधिवेशन यहि ३१ डिसेम्बर २०२१ का दिन तय गरिएको संस्थाका अध्यक्ष रामहरी गैरले जानकारी दिएका छन् । दीप संचार मिडिया संगको संक्षिप्त कुराकानीका क्रममा गैरेले भने, “अधिवेशनका लागि प्रारम्भीक तयारी पूरा गरिसेका छौं, स्थान र थप तयारीको आगामी हम्ता सम्म टंगो लगाउने छौं”

त्यस्तै दीप संचार मिडियासंगकै कुराकानीमा संस्थाका उपाध्यक्ष श्याम पाण्डेले भने, सन् २००१ मा कतारका पुराना व्यवसायी तथा अग्रज सागर नेपाल लगायतको अग्रसरतामा शुरुवात भएको यस संस्थाले यो उचाई स्थापित गरेको छ, थप उत्साह र उमंग सहित सामाजिक अभिभारा सम्पन्न गर्नको लागि हामीले अधिवेशन मार्फत जुझारु कार्यसमिति निर्माण गर्दैछौ ।

यसै विच संस्थाका अध्यक्ष गैरेले एक सुचना जारी गरी अधिवेशनको मिति तय गरिएको जानकारी दिएका छन् ।

संस्थाले जारी गरेको सुचना जस्ताको त्यस्तै ।

चितवन यूवा समूह कतारको अधिवेशन सम्बन्धि सुचना ।

आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु, पत्रकार साथीहरू सबैमा न्यानो अभिवादन तथा सादर नमस्कार ।
कतारको नेपाली समाजमा बिगत दुई दशक देखि स्थापितभै आम कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु विच परिचित संस्था चितवन यूवा समूह कतार बिगतमा अग्रजहरुको निरन्तरता, त्याग र समर्पणबाट आजको मिति सम्म आईपुगेको सच्याई रहेको सन्दर्भ छ । संस्था प्रतिको अथाह मोह निरन्तर सहयोग र सद्भाव प्रदान गर्नुहुने तपाईं सम्बद्ध सबैमा आजको बैठक उच्च सम्मान सहित आदारभाव प्रकट गर्दछ ।
अत: चितवन यूवा समूह कतारको १६ औं अधिवेशन आगामी ३१ डिसेम्बर २०२१ का दिन हुनेहुँदा तपाईं समस्त चितवन देखि कतारमा आई विभिन्न पेशा, व्यवसाय तथा रोजगारी गर्नुहुने सबैलाई सहभागिताका लागि सबैमा हार्दिक अपिल गर्दछ ।
अधिवेशनको स्थान तथा समय आगामी हप्ता तय गरिने हुँदा माथी उल्लेखित मितिमा हुने अधिवेशन सम्बन्धि आवश्यक जानकारी लिन परेमा तपसिलका महानुभावहरु समक्ष सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।
तपसिल
श्री रामहरी गैरे ७४४२१२७०
श्री श्याम पान्डे ५५०४४५१७
श्री कृष्ण सुनुवार ५०३५२४७१
श्री गणेश थापा ६६३२८२०९
श्री सुमन भारती ७७७४२७५५
हार्दिक धन्यवाद सहित ।
चितवन यूवा समूह, कतार ।

क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस