Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए निर्वाचन प्रमुखको राजिनामासंगै समिति बिघटन, निर्वाचन कम्तिमा ४ महिना नहुने

एनआरएनए निर्वाचन प्रमुखको राजिनामासंगै समिति बिघटन, निर्वाचन कम्तिमा ४ महिना नहुने


अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन र निर्वाचन समयमा हुन नसकेपछि निर्वाचन समिति स्वतह बिघटन हुने ठहर गर्दै निर्वाचन समितिका प्रमुख सहितले राजिनामा दिएपछि समिति नै बिघटन भएको छ।

निर्वाचन समितिका प्रमुख तथा नेपाल बार एशोसियशनका महासचिव समेत रहेका लिलामणी पौडेलले उद्येश्य अनुरुप समयमा निर्वाचन हुन नसकेपछि निर्वाचन समिति पनि स्वतह विघटन हुने ठहर गर्दै राजिनामा दिएका हुन्। निर्वाचन समिति भनेर बनाएको समितिको काम निर्वाचन गराउने हो। यस्तो समिति निर्वाचन सम्पन्न भएपछि र निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न नसक्दाको या नभएको दुवै अवस्थामा स्वतह हैसियत समाप्त हुन्छ।

७ सदस्य निर्वाचन समितिमा समितिका सदस्य चिरन्जीवी ढकालले यस पहिला नै राजिनामा दिएका थिए। अहिले उनका साथमा गणेश गुरुङ, डा. देवकाजी डंगोलले पनि राजिनामा दिएका छन्। अब बाँकी रहेका रामप्रताप थापा, भुषण घिमिरे र विष्णुमाया परियार छन्। उसै पनि यो समिति स्वतह बिघटन भएकाले इज्जतका लागि पनि उनीहरुले राजिनामा दिनेछन। अन्यथा उनीहरुको इज्जतको औपचारिकता रहँदैन।

गैरआवासीय नेपाली संघको चालु विधान अनुसार निर्वाचनको मिति भन्दा ९० दिन पहिला नै निर्वाचन समिति बनाउनुपर्ने भएकाले अब कम्तिमा पनि ३/४ महिना संघको निर्वाचन नहुने भएको छ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस