गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए विवाद समाधान गरेर मात्र दशौं महाधिवेशन गराउन केन्द्रीय सल्लाहकारहरुको सुझाव एनआरएनए विवाद समाधान गरेर मात्र दशौं महाधिवेशन गराउन केन्द्रीय सल्लाहकारहरुको सुझाव दीप संञ्चार मंसीर २३, २०७८ गते १७:५९ मा प्रकाशित काठमाडौं (जीएनएन) — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् ।गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकारहरू विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्डारीले निर्वाचनको शुद्धता र विश्वसनीयता कायम गर्नका लागि संघको विधान विपरित मतदाता नामावलीमा राखिएका विद्यार्थी र पर्यटक भिसामा रहेका व्यक्तिहरुलाई सो सूचीबाट हटाउनुका साथै सम्बन्धित एनसीसीहरुको साधारण सभापछि थप गरिएका सबै सदस्यहरुको नाम मतदाता सूचीबाट हटाउन सुझाव दिएका छन् ।‘दशौं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने तथ्यप्रति फेरि जोड दिन चाहन्छौं। अन्यथा संस्थाको स्थापनादेखि नै योगदान पुराउंदै आएका साथीहरुलाई समावेश नगरी गराइने कथित चुनावले संस्थालाई विभाजन र विघटनको बाटोतर्फ डो-याउने हाम्रो ठहर छ । त्यसैले डेलिगेट्स छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र आम सहमतिको आधारमा निर्वाचनको कार्यक्रम अगाडी बढाउन हामी सुझाव दिन चाहन्छौं,’ सल्लाहकारहरुले भनेका छन् ।उनीहरुले नेपाल सरकार, प्रमुख राजनीतिक दलहरु तथा सम्वद्ध पदाधिकारीहरु विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्दा त्यसले संस्थाको गरिमा घटाउनुका साथै संस्थाको अहित गर्ने भएकाले संघको कुनै पनि जिम्मेवार पदाधिकारीले त्यस्तो गतिविधि नगर्न पनि अनुरोध गरेका छन् । संघले एकलौटी रुपमा विवाद समाधान नगरी निर्वाचन समितिमार्फत मतदाता नामावली प्रकाशित गरेपछि एनआरएनएभित्र विवाद थप पेचिलो बन्दै गएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला