गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण दीप संञ्चार मंसीर १८, २०७८ गते ०:५३ मा प्रकाशित दोहा – कतार सरकारले कोरोना महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउंनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझि मार्फत सोमवार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल(मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउंदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउंनुभयो ।स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझिले कतार सरकारलाई धन्यवाद दिदैं भन्नुभयो, ‘’कतार सरकारले आवश्यक परेको समयमा संधै नेपाललाई सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न शुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसंग लड्न हिम्मत मिलेको छ ।‘’ डाक्टर रायमाझिले कतार सरकारले महामारीको समयमा नेपालीको उपचारका लागि दिएका सबै भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउंने बताउंनुभयो ।कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रम मार्फत कोरोनाविरूद्दको खोप उपलब्ध गराएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #corona, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट