Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकागोरखा समाज मेरिल्याण्ड – युएसएको देउसी भैलो शुभ दीपावली साँझ -२०७८ सम्पन्न

गोरखा समाज मेरिल्याण्ड – युएसएको देउसी भैलो शुभ दीपावली साँझ -२०७८ सम्पन्न


अमेरिका –– अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गोरखा समाज मेरिल्याण्ड -युएसएले आयोजना गरेको देउसी भैलो शुभ दीपावली साँझ -२०७८ ऐतिहासिक र अद्वितीय प्रस्तुतिको साथमा सम्पन्न भएको छ ।

अमेरिकामा यसरी देउसी भैलो साँझ कार्यक्रममा एकै मंचमा चर्चितकलाकारहरुलाई जम्मा गरि हर्सोल्लास र अत्यन्तै मनोरंजन गराउन समाज सफल भएको छ । सहभागी हुने कलाकार मात्र नभई सबै सहभागीहरुले ज्यादै रमाईलो भएको र त्यस्तो कार्यक्रम अमेरिकाभरि नै बिरलै हुने प्रतिक्रिया दिएका थिए । दर्शकहरुले कलाकारहरुलाई साथ दिएका थिए । अहिले सम्म कै अमेरिका भरिमै हुने कार्यक्रम मध्येकै बृहत रहेको थियो ।

दर्शक नथाक्ने गरि नाचेका झुमेका र स्वरमा स्वर मिलाएका थिए । कार्यकम गत अक्टोबर ३१ आइतबारका दिन साँझ ५ बजे देखि राती १२ बजे सम्म भएको थियो ।

शुभ दिपावली २०७८ को शुभकामना कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायहरुले उत्साहपूर्वक सहभागी जनाएका थिए । उक्त देउसी भैलो कार्यक्रममा वरिष्ठ लोक गायक/सर्जक/निर्देशक नारायण रायमाझी र वरिष्ठ लोक गायक/सर्जक पुरुषोत्तम न्यौपानेले दर्शकहरुलाई खुव नचाएका थिए ।

कार्यक्रममा वरिष्ठ लोक गायक तथा महा बाणिज्यदूत प्रेम राजा महत प्रमुख अतिथि रहेका थिए । साथै उक्त कार्यक्रममा लोक गायिका शान्ति भण्डारी,लोक गायक भगवान भण्डारी,लोक गायिका कल्पना देवकोटा,लोक गायक कमल खनाल,लोक गायक लक्ष्मण पौडेल,लोक गायक उदय भट्टराई ,लोक गायक अमृत रामादाम,लोक गायक राजु ढुंगेल ,वाध्यवाधक खिम मार्स्यंगी ,लोक गायिका गंगा लामिछाने ,वाध्य वाधक बिराज रामदाम ,वाध्यवाधक सृजन रामदाम ,गायिका स्वरुप रसाइली तथा लोक गायक प्रकाश बन्जाराको बेजोड प्रस्तुति रहेको थियो ।

गोरखा समाज केन्द्रका अध्यक्ष खाम भट्ट ,महा सचिव रमेश भट्ट ,क्यालिफोर्नियाबाट सुरेश भट्ट लगायत डिसी महानगर क्षेत्रको उल्लेखनीय सहभागिता रहेको थियो । दीपावली साँझमा उपाध्यक्ष राजेन्द्र भट्टले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष गणेश लामिछानेले सबै अतिथिहरुलाई धन्यबाद दिएका थिए ।

महासचिव उदय भट्टराईले कार्यक्रम संचालन गरेका थिए भने बिभिन्न व्यक्तिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

तस्बिरको लागि यहाँ थिच्नु होला :

https://m.facebook.com/photo.php?fbid=2542351772575789&id=305535069590815&set=a.2542364905907809&source=43&refid=13&__tn__=%2B%3D


क्याटेगोरी : ग्लोबल, अमेरिका
ट्याग : #गोरखा समाज मेरिल्याण्ड - युएसएको देउसी भैलो शुभ दीपावली साँझ -२०७८ सम्पन्न

तपाईको प्रतिक्रिया दिनुहोस