गृहपृष्ठ ∕ ग्लोबल ∕ रहेनन् पत्रकार तथा समाजसेवी किसन राई रहेनन् पत्रकार तथा समाजसेवी किसन राई दीप संञ्चार कात्तिक ८, २०७८ गते २२:३२ मा प्रकाशित हङकङ – नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईको नेपालमा यात्राको क्रममा निधन भएको छ । केही हप्ताअघि नेपाल भ्रमणमा गएका राईको गत अक्टोबर २४ साँझ ओखलढुङ्गाबाट भोजपूर जाने क्रममा निधन भएको हो ।“शुक्रवार हामी अन्तर्राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न गरेपछि भोलीपल्टैै पुर्व लाग्यौं । बाटोमा अचानक दिसा गर्न भनी गाडीबाट ओर्लनु भयो । अपरिचित स्थान, साँझ परिसकेको थियो । २०–२५ मिनेट पर्खँदा पनि उहाँ फर्किनु भएन । सबै भएर खोजी गर्दा छेउमा त अत्यन्तै लामो भीर रहेछ”, साथमा संगै यात्रा गरिरहेका मित्र मान बहादुर राना मगरले बताए ।अढाई दशक यतादेखि हङकङमा पेशागत नेपाली पत्रकारिता गरिरहेका किसन राई नेपाल र प्रवास दुवैतिर पत्रकारिताका एक प्रतिक थिए । आफैले एभरेष्ट खबर छापामा स्थापना गरी पछि अनलाइन समेत सञ्चालन गरिरहेका राई हङकङ सरकार र नेपाल सरकार दुवैबाट बिभुषित भइसकेका छन् । समाजसेवा र पत्रकारिताका लागि उनलाई केही महिनाअघि मात्रै नेपाल सरकारले जनसेवाश्री पदकबाट बिभुषित गरेको थियो ।हङकङमा लामो समाजसेवा र पत्रकारिताका लागि स्व. किसन राईलाई त्यहाँको सरकारले ‘कोमेण्डेसन अफ दि चिफ एक्जिक्युटिभ’ सम्मानबाट बिभुषित गरेको थियोपुर्ख्यौली घर खोटाङ र पछिबाट धरान बसोवास गर्दै आएका राई विद्यार्थी कालदेखि वाम राजनीतिमा होमएका थिए । उनी पछि संघीय समाजवादी पार्टी हुँदै वर्तमानमा जनता समाजवादी पार्टीका सकृय कार्यकर्ता रहिआएका थिए ।एनआरएनए हङकङको कार्यकाल २०१९–२१ का लागि महासचिव गरेका ५२ बर्षीय स्व. राईको श्रीमती र २४ र १७ बर्षीय दुई छोराहरु छन् ।उनको निधनबाट नेपाली डायस्पोरा पत्रकारितालाई अपुरणीय क्षति भएको छ भने हङकङका नेपालीहरुले एक सम्मानीय नेता र एक सच्चा मित्र गुमाएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न