गृहपृष्ठ ∕ ग्लोबल ∕ रहेनन् पत्रकार तथा समाजसेवी किसन राई रहेनन् पत्रकार तथा समाजसेवी किसन राई दीप संञ्चार कात्तिक ८, २०७८ गते २२:३२ मा प्रकाशित हङकङ – नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईको नेपालमा यात्राको क्रममा निधन भएको छ । केही हप्ताअघि नेपाल भ्रमणमा गएका राईको गत अक्टोबर २४ साँझ ओखलढुङ्गाबाट भोजपूर जाने क्रममा निधन भएको हो ।“शुक्रवार हामी अन्तर्राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न गरेपछि भोलीपल्टैै पुर्व लाग्यौं । बाटोमा अचानक दिसा गर्न भनी गाडीबाट ओर्लनु भयो । अपरिचित स्थान, साँझ परिसकेको थियो । २०–२५ मिनेट पर्खँदा पनि उहाँ फर्किनु भएन । सबै भएर खोजी गर्दा छेउमा त अत्यन्तै लामो भीर रहेछ”, साथमा संगै यात्रा गरिरहेका मित्र मान बहादुर राना मगरले बताए ।अढाई दशक यतादेखि हङकङमा पेशागत नेपाली पत्रकारिता गरिरहेका किसन राई नेपाल र प्रवास दुवैतिर पत्रकारिताका एक प्रतिक थिए । आफैले एभरेष्ट खबर छापामा स्थापना गरी पछि अनलाइन समेत सञ्चालन गरिरहेका राई हङकङ सरकार र नेपाल सरकार दुवैबाट बिभुषित भइसकेका छन् । समाजसेवा र पत्रकारिताका लागि उनलाई केही महिनाअघि मात्रै नेपाल सरकारले जनसेवाश्री पदकबाट बिभुषित गरेको थियो ।हङकङमा लामो समाजसेवा र पत्रकारिताका लागि स्व. किसन राईलाई त्यहाँको सरकारले ‘कोमेण्डेसन अफ दि चिफ एक्जिक्युटिभ’ सम्मानबाट बिभुषित गरेको थियोपुर्ख्यौली घर खोटाङ र पछिबाट धरान बसोवास गर्दै आएका राई विद्यार्थी कालदेखि वाम राजनीतिमा होमएका थिए । उनी पछि संघीय समाजवादी पार्टी हुँदै वर्तमानमा जनता समाजवादी पार्टीका सकृय कार्यकर्ता रहिआएका थिए ।एनआरएनए हङकङको कार्यकाल २०१९–२१ का लागि महासचिव गरेका ५२ बर्षीय स्व. राईको श्रीमती र २४ र १७ बर्षीय दुई छोराहरु छन् ।उनको निधनबाट नेपाली डायस्पोरा पत्रकारितालाई अपुरणीय क्षति भएको छ भने हङकङका नेपालीहरुले एक सम्मानीय नेता र एक सच्चा मित्र गुमाएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति