Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए संरक्षक परिषद बाहेक सबैको पदावधि सकियो, अधिवेशन सार्ने व्यवस्था छ कर्यसमिति होइन

एनआरएनए संरक्षक परिषद बाहेक सबैको पदावधि सकियो, अधिवेशन सार्ने व्यवस्था छ कर्यसमिति होइन


काठमाडौं – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल आइतबार (१७ अक्टोबर) मध्य राती सकिए पनि संरक्षक परिषद भने कायमै रहेको एक कानूनविद्ले जनाएका छन्।

जीएनएनसंग कुरा गर्दै एनआरएनए जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा, बलराम श्रेष्ठले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को कार्यकाल सकिए पनि अर्को निर्वाचित आइसीसी नआउंदा सम्म संरक्षक परिषद बहाल रहने बताए।

अन्तर्राष्ट्रिय समन्वय परिषद विघटन हुदैमा संरक्षक परिषद विघटन हुदैन, संरक्षक परिषद अर्को वैधानिक अन्तर्राष्ट्रिय समन्वय परिषद निर्वाचित भएर न आउदा सम्म कायम रहि रहन्छ, उनले भने। उसै पनि संकट कालको अबस्था परेको बेला बिधानभन्दा पनि संरक्षक परिषदको भूमिका अहम रहन्छ। बिधानले अधिवेशन र निर्वाचनको म्याद थप्ने भनेको छ कार्यसमितिको होईन। त्यसैले अहिलेको अवस्था भनेको संरक्षक परिषदले अक्टुवर १७, २०१७ मध्ये रात ११:६९ मिनेट समाप्त भएदेखि सम्पूर्ण जिम्मेवारी लिएको अवस्था हो। अब यो संरक्षक परिषदलाइ सोहि दिनको ६ महिना भित्रमा अधिवेशन गराएर निर्वाचन सम्पन्न गराउने अभिभारा बिधानले दिएको छ।

२०१९-२१ को कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा निर्वाचित आइसीसीको म्याद सकिएकै दिन नियोजित रुपमा ध्यान अन्यत्र मोड्नका लागि संरक्षक परिषदको कार्यकाल सकिएको काल्पनिक विषय मिडिया मार्फत ल्याइएको श्रेष्ठले बताए। यस्तो तर्क हास्यास्पद र बदनियतपूर्ण छ, उनले भने।

आफै आफ्नो म्याद थप्न मिल्दैन

गैरआवासीय नेपाली संघको विधान २००३ (२०१५ को संशोधन सहित) को दफा १३.२ ले अन्तराष्ट्रिय समन्वय परिषदको म्याद थप्ने व्यवस्था कहिँ कतै नगरेको खुलासा पनि कानूनविद डा श्रेष्ठ ले गरे।

विधानमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को साधारण सभा गर्न नसकिने कारण भए सो कारण प्रस्ट उल्लेख गरेर बहुमतले निर्णय गरेर मात्र महाधिवेशन गर्न, मिति सार्न वा स्थगित गर्न सकिने छ भनिएको हो ❘ महाधिवेशन सार्न वा स्थगित गर्ने अवधि ६ महिना भन्दा बढी हुने छैन भनेर प्रस्ट भनिएको छ ❘ आईसिसिको कार्यकाल थपिने कहिँ कतै भनिएको छैन ❘ आईसिसिको समयावधि थप्ने ब्यबस्था कहिँ छंदै छैन केवल महाधिवेशनको मिति सार्न वा स्थगित गर्ने मात्र दफा १३.२ ले बोलेको हो, अन्यथा यसले भन्दैन, उनले भने।

कार्यकाल थप गर्ने निर्णय गरिएको दावी

यसैबीच एनआरएनएका प्रवक्ता डी बी क्षेत्रीद्वारा सोमबार जारी विज्ञप्तिमा गत शनिबार बसेको आइसीसी बैठकले “संघको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाका लागि थप गर्ने निर्णय गरेको” दावी गरीएको छ।

तर केन्द्रीय उपाध्यक्ष तथा आफ्नो वचनका पक्का भनेर संघ भित्र चिनिएका उपाध्यक्ष मन केसीले संघले त्यस्तो कुनै निर्णय नै नगरेको खुलासा गरेका छन्। उनीसंग यसबारे जीएनएनले मंगलबार (१९ अक्टोबर) नेपालको समय अनुसार अपरान्ह ४:१५ बजे साक्षात्कार गर्न लागेको छ।उक्त अन्तर्वार्ता जीएनएनसंग आवद्ध अनलाइन पोर्टलहरुका फेसबुक पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिने छ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस