Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाल व्यवसायी संघ कतार द्वारा राजदूत डा. नारदनाथ भारद्वाजको विदाई कार्यक्रम सम्मपन्न

नेपाल व्यवसायी संघ कतार द्वारा राजदूत डा. नारदनाथ भारद्वाजको विदाई कार्यक्रम सम्मपन्न


दोहा – कतार स्थित नेपाली राजदुत डा. नारदनाथ भारद्वाजको विदाई कार्यक्रम सम्पन्न भएको छ।

कतारमा स्थापित नेपाली व्यवसायीहरूको साझा संगठन नेपाल व्यवसायी संघ कतारको आयोजना तथा संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको सभापतित्व एवं नियोग प्रमुख डा. भारद्वाजको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गत मंगलबार सम्पन्न भएको संघका महासचिव रमेश भट्टले जानकारी दिएका छन् ।

नेपाली व्यवसायीहरूको हकहित एवं प्रवर्धन गर्ने उदेश्यले स्थापित संघले नियोग प्रमुख तथा उप-प्रमुखलाई स्वागत तथा विदाई गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष चौलागाईले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. भारद्वाजले नियोग र संघको सम्बन्ध नङ र मासुको जस्तै भएको हुँदा यसरी नै सधैँ परस्पर रहनेमा आफू विश्वस्त रहेको बताए।  डा. भारद्वाजले भने, ‘मेरो दुईवर्ष वसाईमा व्यसायी संघले जुन भूमिका निर्वाह गर्यो, त्यो निकै प्रसंशनीय छ। चाहे त्यो कोभिडका बेला होस् चाहे अन्य उद्धार को कुरामा होस, हरेक पल मजदुरमुखी सहकार्य प्रति हामि नियोग परिवार आभारी छौं’

उनले थपे, ‘यो दुईवर्षको अवधिमा ३ लाख ५० हजार नेपालीहरूको हकहितमा काम गर्ने मौका पाएँ, यस वीचमा जे जस्ता कामहरू मेरो नेतृत्वमा राजदूतावास बाट भए ति सबै कामहरूबाट म प्रशन्न छु, यहि वीचमा नेपाल व्यवसायी संघलाई समेत कतारको आधिकारिक निकायबाट आधिकारिता दिनको लागी बोर्ड बाटै निर्णय गरायर यहाँहरू संग सहकार्य गर्ने मौका पाए, यो आफैमा एउटा ईतिहास कार्य सावित भएको छ, र मलाई विश्वास छ, संघले दुई देश विचको व्यापारिक सम्बन्धमा समेत अग्रणी भूमिका निर्वाह गर्ने छ।’

कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष तथा कार्यक्रमका सभापति चौलागाईले १ करोड २० लाखको स्वास्थ्य सामाग्री नेपाल पठाएको तथा विभिन्न चरणमा विपतमा परेका नेपालीहरूलाई हवाई टिकट उपलब्ध गराई उद्धार गर्ने कार्यमा राजदूत एवं दुतावास परिवारले गरेको साथ, सहयोग र समर्थनको उच्च प्रसंशा गर्दै भने, ‘संघको उदेश्य नेपाली व्यवसायीहरूको हकहित र मर्यादित व्यवसाय विस्तार संगै नेपाली मजदुरहरूको व्यवस्थापन, उद्धार र नेपालमा हुने विविध प्राकृतिक प्रकोप प्रति हामि जिम्मेवार भएर लागेका छौँ।”

संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुरुवात भएको कार्यक्रममा संघका सल्लाकारको शंकर न्यौपाने, नियोगका द्दितीय सचिव प्रवीण भट्टराई लगाएतले शुभकामना मन्तव्य दिएका थिए।

संघका सदस्य दिपजंग शाहले सहजीकरण गरेको कार्यक्रममा नियोगका उप प्रमुख लक्ष्मण खनाल, द्दितीय सचिव भुवन भट्ट, सहचारी सन्दिप सापकोटा, राजदूत पुत्र पुकार वाग्ले, संघका सल्लाहकार समिर मास्के लगायतको उपस्थिति रहेको थियो।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA



तपाईको प्रतिक्रिया दिनुहोस