Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४ मा, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४ मा, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि


अमेरिका – गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, २०२१ मा संघका अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक शेष घलेको प्रमुख अतिथ्यतामा हुने भएको छ।

गैरआवासीय नेपाली संघ भित्रको विकसित पछिल्लो घटनाक्रमको विवेचना र एनसीसीहरुको धारणा सम्बन्धमा एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला यहि अक्टुवर २४, २०२१ मा आयोजना गरिएको हो।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधि लगायत बिषयमा पत्र पठाएको र त्यसपछि उत्पन्न परिस्थित र संघको महाधिवेशन नै स्थगन गर्ने काम भएकाले यो भेलाको आयोजना गरिएको बताइएको छ।

आइसीसी कार्यकारी सचिवालयको बैठकले आसन्न अधिवेशन र निर्वाचन स्थगित गरेको सन्दर्भमा छलफल गर्न, महाधिवेशन प्रतिनिधिहरु मध्ये ६५% को नयाँ चयन लगायतका बिषयमा धारणा बनाउनको लागि यो भेलाको आयोजना गरिएको कुरा आयोजकहरुले बताएक छन्। त्यसका लागि आयोजकहरुले विश्वोका सबै एनसीसी अध्यक्षहरूलाई जुम मिटिङमा उपस्थित भई आफ्नो धारणा, बिचार, राय र सुझाव दिनको लागि आग्रह समेत गरेका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरूको अन्तराष्ट्रिय स्तरको सो भेलाले संस्थाको बृहत्तर हितका लागि साझा धारणा बनाउन र एकजुट भएर संघलाइ अगाडी लैजाने काम गर्ने वातावरण बनाउन सहयोग गर्नेछ भन्ने विश्वास आयोजकहरुले लिएका छन्।

भेला सम्पन्न गर्नकोको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा तयारी समिती गठन गरेको छ। तत्काल संयोजन गर्न ९ सदस्य समिती बनाइएको छ भने सम्पूर्ण एनसीसी अध्यक्षहरुसंग संयोजन गर्दै यसको आयोजक सबै एनसीसी अध्यक्षहरु हुनेछन, आयोजकहरुले बताए।

एनआरएनए एनसीसी अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदी संयोजक
एनआरएनए एनसीसी बेलायतका अध्यक्ष प्रेम गह मगर
एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ
एनआरएनए एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम
एनआरएनए एनसीसी स्पेनका अध्यक्ष सालिकराम डुम्रे
एनआरएनए एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी
एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान
एनआरएनए एनसीसी दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगर
एनआरएनए एनसीसी साउथ अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराइ

भेलाका एजेन्डाहरू

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका प्रतिनिधि चयनका सन्दर्भमा परराष्ट्र मन्त्रालयको पत्रमा उल्लेखित विषय

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को स्थगित महाधिवेशन र निर्वाचनका सन्दर्भमा

विविध

मिति: अक्टुवर २४, २०२१

समय र बिधिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने

माध्यम:अनलाइन (जुम लिंक, आइडी र पासकोर्ड छिटै उपलब्ध गराइने छ)


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस