Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर


अमेरिका – गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिना भित्रमा गर्नेगरी निर्णय गरिएको छ। अक्टुवर ९, २०२१ शनिबार बसेको संघको कार्यकारी सचिवालयको बैठकले सो निर्णय गरेको हो।

उसो त अक्टुवर २३-२५ सम्म हुने अधिवेशन र भनिएको २० अक्टुवरको निर्वाचनका लागि धेरैजना गैरआवासीय नेपालीहरु नेपाल पुगिसकेका छन्। कति जाने क्रममा छन् तर महाधिवेशन भने सरेको छ।

महाधिवेशनका प्रतिनिधिको बिषयलाई लिएर विवाद चरम रुपमा बढ्न पुग्यो। जापान, रसिया, जर्मनी र चिलीको लगायतका देशको चुनाव नै एकातर्फी भए। जापानमा २ हजार भन्दा धेरै बिधार्थीलाई संघको स्मार्ट भनिएको मेम्बर इन्फर्मेशन सिष्टम (एमआइएस) मा लगेर पंजीकृत सदस्य बनाइएको प्रतिवेशन त सार्वजनिक नै भएको छ।

त्यहि तथाकथित मेम्बर इन्फर्मेशन सिष्टमलाई दुरुपयोग गर्दै रसीया एनसीसीको चुनाव पछि पनि हजारौं सदस्य थपेर विधानको भनिएको अनुपातलाई आधार मान्दै महाधिवेशन प्रतिनिधि थप्ने कम गरियो। सोहि मेम्बर इन्फर्मेशन सिष्टम-स्मार्ट एनआरएनकै कमाल प्रयोग गर्दै जर्मनीको चुनाव कब्जामा लिएर गर्दा त्यहाँको चुनाव अझै पनि स्थानीय अदालतमा विचाराधीन छ।

तर पनि मन्त्रालयले पठाएको निर्देशनले ६५ प्रतिशत प्रतिनिधि चाहिँ सहि बाटोमा जान निर्देशन गरेको छ। त्यो पत्रसँगै अलमलिएका वर्तमान नेतृत्व र अध्यक्ष कुमार पन्तलाई कम्जोर बनाएर शक्ति आफ्नो हातमा लिएर चुनावमा उम्मेदवार भएका संघका पदाधिकारीहरुको रुन्चे स्वर सुनियो। बिशेष गरेर अध्यक्षका प्रत्यासी तथा वर्तमान उपाध्यक्ष डा. बद्रि केसी, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी नजिक रहेका मिडियाहरुले समाचार नै मिस्लिडिङ्ग गरेर लेखे। अहिले आएर उनीहरुको हर नाङ्गो भएको छ।

उसै पनि उनीहरुले एनअरएन-आइएलओ प्रोजेक्टबाट हण्डी पाएको आरोप भने नयाँ होइन। ७० लाख नेपाली रुपैयाँ भन्दा ठूलो भनिएको हण्डिको भाग नेपालका केहि चर्चित मिडियाका बैदेशिक व्यूरो रिपोर्टर देखि अन्य अनलाइनहरुले नपाउँदा त्यहाँ भित्रका गुट नै फुटको संघारमा पुगे।

अहिले अमेरिकाबाट चल्ने एउटा पुरानो अनलाइन, बेलायतबाट भनिएको अनलाइन जो महासचिव शर्माका भाइको हो, सेतोपाटी अनलाइनका अष्ट्रेलिया र केहि अन्य देशका संचार प्रतिनिधि भनिएकाहरु, युरोपका १/२ अनलाइन र फेसबुककारिता गर्नेहरु नै सो गुटको हण्डि भजन मण्डलीमा पर्दछन।

बिचमा महाधिवेशन प्रतिनिधिहरु मनोमानी रुपमा छान्ने गरि गरिएको हैकमी चाल्नोलाई परेको निवेदनका आधारमा नेपाल सरकारको पराष्ट्र मन्त्रालयले संघका अध्यक्ष कुमार पन्तलाई दिएको निर्देशनको प्रति हलिउडखबरलाइ प्राप्त भएको छ। पत्रले निर्दिष्ट बाटो देखाई दिएको छ। तिमीहरुकै बिधान तर त्यसलाई स्वार्थ र मनोमानी रुपमा होइन ठीक बिधिमा जाउ भनेर निर्देशन दिएको छ।

संघका महासचिव डा. हेमराज शर्मा र सचिव गौरीराज जोशीले संघको १ करोड भन्दा धरै पैसा तिरेर बनाइएको स्मार्ट एनआरएनको पाटो मानिएको एमआइएसलाई चरम दुरुपयोग गरेको प्रमाणहरु धेरै भेटिएका छन्।

यसले युरोपको मापदण्डको उलंघन गरेकोले २० मिलियन युरो सम्मको पेनाल्टीको लागि ‘ल-सुट‘ गर्ने तयारी भएको छ। यस्ता दर्जनौं कारणले गर्दा यो स्मार्ट एनआरएनका सिष्टम पूर्ण रुपमा दुरुपयोग र फेल भएका छन्। यसको भुक्तानी भएको पैसा फिर्ता लिएर डेभलपर कम्पनिलाई उल्टा ‘ल-सुट’ गर्नुपर्छ भन्ने आवाज पनि आएका छन्।

संघको प्रेस विज्ञप्ति जस्ताको तस्तै:

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बस्यो। गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भयो ।

बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी गराइन्छ।

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ ।

अन्त्यमा,विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमी, दीपावली र छठ पर्वको मंगलमय शुभकामनासहितअक्टोबर ११ मा परेको गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्दछौँ।

डिबि क्षेत्री
प्रवक्ता
गैरआवासीय नेपाली संघ
११ अक्टोबर २०२१


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस