Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फकोरोना विरुद्धको लडाई जित्दै कतार, विभिन्न क्षेत्रका प्रतिबन्ध हट्दै

कोरोना विरुद्धको लडाई जित्दै कतार, विभिन्न क्षेत्रका प्रतिबन्ध हट्दै


दोहा – कोरोना विरुद्धको लडाइमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ l कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबार बाट लागु हुने गरी प्रतिबन्ध लाई थप खुकुलो बनाउने निर्णय गरेको हो l यहाँका स्थानीय समाचार माध्यमका अनुसार सीमित क्षेत्र बाहेक अन्य अवस्थामा मास्क लगाउनु नपर्ने भएको छ l

सरकारी निर्णय अनुसार मल, भिडभाड हुने स्थान, अस्पताल तथा विभिन्न सभा समारोह बाहेक मास्कको अनिवार्य प्रयोगलाई हटाइएको छ l फुड कोर्ट तथा होटेलहरू पचास प्रतिशत क्षमतामा खोल्न पाइने छ l सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीहरू कार्यालयमै फर्केर काम गर्न सक्नेछ भने संग्राहलय तथा पुस्तकालय पूर्ण रूपमा खुल्ला हुने भएको छ l प्रार्थना लागि सबै मस्जिदहरू खुल्ला हुनेछन् भने सामाजिक दुरी कायम गर्नु पर्ने छैन l

रेल तथा सरकारी सवारी साधन, कम्पनीका बसहरूले पचहत्तर प्रतिशतले यात्रु तथा कामदार बोक्न पाउने छन् भने निजी सवारी साधनमा परिवार बाहेक चालक सहित ४ जना मात्र चढ्न पाइनेछ l सार्वजनिक स्थलहरू क्रोनेच, बिच तथा पार्कहरूमा कोरोना विरुद्धका दुवै डोज लगाएकाहरू तिस जना सम्म भेला हुन् पाइने निर्णयमा उल्लेख गरिएको छ l यस्तै तारे होटेलका हलहरूमा ५० प्रतिशत क्षमतामा मानिस जम्मा हुन् पाइने छ l ७५ % क्षमतामा ड्राइभिङ स्कुलहरू खोल्न पाइने छ l

कतारमा पछिल्लो समय कोरोनाका सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको छ भने भ्याक्सिन लगाउनेहरूको सङ्ख्या ८० % भन्दा माथि रहेको छ l कतारमा हाल सम्म २३ लाख ६ हजार ५ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २३ लाख ४ हजार ६७१ जनाले कोरोनालाई जितेका छन् l कोरोनाका कारण कतारमा कुल ६ सय ५ जनाको मृत्यु भएको छ भने १२ सय ८२ जनाको उपचार चलिरहेको छ l


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस