गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना विरुद्धको लडाई जित्दै कतार, विभिन्न क्षेत्रका प्रतिबन्ध हट्दै कोरोना विरुद्धको लडाई जित्दै कतार, विभिन्न क्षेत्रका प्रतिबन्ध हट्दै तिलु शर्मा पौडेल असोज १४, २०७८ गते २३:३३ मा प्रकाशित दोहा – कोरोना विरुद्धको लडाइमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ l कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबार बाट लागु हुने गरी प्रतिबन्ध लाई थप खुकुलो बनाउने निर्णय गरेको हो l यहाँका स्थानीय समाचार माध्यमका अनुसार सीमित क्षेत्र बाहेक अन्य अवस्थामा मास्क लगाउनु नपर्ने भएको छ lसरकारी निर्णय अनुसार मल, भिडभाड हुने स्थान, अस्पताल तथा विभिन्न सभा समारोह बाहेक मास्कको अनिवार्य प्रयोगलाई हटाइएको छ l फुड कोर्ट तथा होटेलहरू पचास प्रतिशत क्षमतामा खोल्न पाइने छ l सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीहरू कार्यालयमै फर्केर काम गर्न सक्नेछ भने संग्राहलय तथा पुस्तकालय पूर्ण रूपमा खुल्ला हुने भएको छ l प्रार्थना लागि सबै मस्जिदहरू खुल्ला हुनेछन् भने सामाजिक दुरी कायम गर्नु पर्ने छैन lरेल तथा सरकारी सवारी साधन, कम्पनीका बसहरूले पचहत्तर प्रतिशतले यात्रु तथा कामदार बोक्न पाउने छन् भने निजी सवारी साधनमा परिवार बाहेक चालक सहित ४ जना मात्र चढ्न पाइनेछ l सार्वजनिक स्थलहरू क्रोनेच, बिच तथा पार्कहरूमा कोरोना विरुद्धका दुवै डोज लगाएकाहरू तिस जना सम्म भेला हुन् पाइने निर्णयमा उल्लेख गरिएको छ l यस्तै तारे होटेलका हलहरूमा ५० प्रतिशत क्षमतामा मानिस जम्मा हुन् पाइने छ l ७५ % क्षमतामा ड्राइभिङ स्कुलहरू खोल्न पाइने छ lकतारमा पछिल्लो समय कोरोनाका सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको छ भने भ्याक्सिन लगाउनेहरूको सङ्ख्या ८० % भन्दा माथि रहेको छ l कतारमा हाल सम्म २३ लाख ६ हजार ५ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २३ लाख ४ हजार ६७१ जनाले कोरोनालाई जितेका छन् l कोरोनाका कारण कतारमा कुल ६ सय ५ जनाको मृत्यु भएको छ भने १२ सय ८२ जनाको उपचार चलिरहेको छ lक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै