Techie IT
×
गृहपृष्ठग्लोबलएनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक धारणा सहित

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक धारणा सहित


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनअरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन आगामी अक्टुवर २३-२५, २०२१ मा काठमाण्डौमा हुने भएको छ। यसका साथै २०२१-२०२३ कार्यकालको लागि नेतृत्व चयनको गर्न निर्वाचन पनि अक्टुवर २०, २०२१ मा अनलाइन बिधिबाट गरिने भएको छ। संघको इतिहासमा अनलाइन भोटिङ्ग यो नै पहिलो हो।

यसैबीच बिश्वभरिका राष्ट्रिय समन्वय परिषदहरुबाट चयन गरिने महाधिवेशन प्रतिनिधिहरुको विषलाई लिएर विवाद भएको थियो। नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा समेत उजुरी परेको थियो। मन्त्रलायले पनि संघका अध्यक्ष कुमार पन्त, निवेदक र कर्मचारीहरु समेतसँग कुराकानी गरेको छ।

अन्तत, संघका अध्यक्ष कुमार पन्तले सेप्टेम्बर २२, बुधबार पुर्व अध्यक्ष तथा संरक्षकहरुको बैठक बोलाएका थिए । पूर्व अध्यक्ष शेष घले प्रमुख संरक्षक र अन्य संरक्षकहरु निवर्तमान अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्षहरु जीवा लामिछाने र देवमान हिराचन र अग्रज राम प्रताप थापा बैठकमा उपस्थित रहेका थिए । बैठकमा संस्थापक अध्यक्ष डा उमेन्द्र महतो पनि उपस्थित रहेको कुरा संघका अध्यषक्ष कुमार पन्तले जानकारी दिए ।

बैठकमा अध्यक्ष कुमार पन्तले प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा संरक्षकहरु सहितको टिमले महाधिवेशन प्रतिनिधि चयन संबन्धि टुंगो लगाउन जिम्मेवारीको प्रस्ताव गरेका थिए । प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष शेष घलेले त्यसमा अध्यक्ष कुमार पन्त पनि रहनुपर्ने कुरा राखेका थिए । अन्तत प्रमुख संरक्षक शेष घलेको अध्यक्षतामा सो विवादको छानविन, चयन र सबै कुराको टुंगो लगाउने जिम्मेवारी साहितको निर्णय गरियो।

सो प्रस्तावलाइ संघका अध्यक्ष कुमार पन्तले तत्काल बसेको संघको अन्तराष्ट्रिय कार्यकरी सचिवालयको बैठकमा पेश गरेका थिए । प्रस्ताव बैठकबाट पारित समेत भएको जानकरी अध्यक्ष पन्तले दिएका छन् । यो संरक्षक परिषद सहितको टिमलेले आवश्यक परेमा बिज्ञ र संबन्धितहरु सबैको राय-सल्लाह, अन्तर्वाता लगायत सबै बिधि गर्न सक्नेछ।

यो सबै गरेर पनि चुनाव र महाधिवेशन चाहिँ तोकिएकै समयमा हुने कुरा अध्यक्ष कुमारले बताएका छन् । अरु तयारी सबै ठीक छ, प्रतिनिधिको टुंगो लाग्ने बितिक्कै सिष्टममा राखेर त्यसको १/२ दिनमा नै निर्वाचनको प्रक्रियामा जान सकिन्छ। भेण्डर पनि तयारी छ, उनीहरुलाइ ब्यालेट बनाउन लामो समय लाग्दैनन त्यसैले अधिवेशन समयमा नै हुन्छ।

सम्पुर्ण गैरआवासीय नेपालीहरुले अधिवेशन र निर्वाचन तोकिएकै समयमा हुने कुरामा विश्व्त हुन अनुरोध गर्दै त्यसका लागि सबैले सहयोग र साथ् दिनको लागि समेत अनुरोध गर्न चाहन्छु, अध्यक्ष पन्तले भने।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस