Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फएनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको दावेदारी

एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको दावेदारी


युएई – युएईमा रहेर सामाजिक गतिविधिमा सकृय व्यक्तित्व पासाङ शेर्पाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका शेर्पाले संघको आगामी २०२१–०२३ कार्यकालको लागि उम्मेद्बारी घोषणा गरेका हुन । शेर्पा युएईको नेपाली समुदाय बिच परिचित व्यक्तित्व हुन ।

शेर्पाले गत वर्ष कोभिड प्याड्यामिकको समयमा दुबई प्रहरीले एनआरएनए एनसीसी युएईका उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय क्युआरएफ टिम बनाइ इमिरेट्स अफ दुबईमा कोभिड १९ ले प्रभावित नेपालीहरुको विवरण लिइ आवश्यक राहत सहयोग गरेका थिए। शेर्पा युएईमा नेपाली समुदायले गर्ने अभियानहरुमा सधै अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन ।

यहि ३० जुलाईका दिन सम्पन्न हुनगैरहेको अधिवेशनमा अध्यक्षको उम्मेद्बारी घोषणा गरेका शेर्पाले आफ्नो चुनावी एजेन्डामा मजदुरमुखी एनआरएनए, सुरक्षित वैदेशिक रोजगार तथा समावेशी सामुहिकतालाई उठाएका छन । शेर्पा नेपाल आदिवासी जनजाती महासंघ युएईका निवर्तमान अध्यक्ष समेत हुन ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस