Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली कांग्रेस जनसम्पर्क समिति इजरायलको सभापतिमा दीपिका भुसाल, उप–सभापतिमा अनु थापा निर्वाचित

नेपाली कांग्रेस जनसम्पर्क समिति इजरायलको सभापतिमा दीपिका भुसाल, उप–सभापतिमा अनु थापा निर्वाचित


इजरायल – समितिको तेस्रो अधिवेशनबाट भुसाल सर्वसम्मत सभापतिमा चयन भएकी हुन् । भुसालले पूरै कार्यसमिति सर्वसम्मत चयन गरेकी छिन् ।

निर्वाचित कार्यसमितिको उप–सभापतिहरूमा अनु थापा, नितु कार्की, कटक श्रेष्ठ रहेका छन् । महामन्त्रीहरूमा मातृका तिमिल्सिना, माया खनाल, सह–महामन्त्रीहरूमा लाल दुरा, सुमित्रा दवाडी, सवीषा सिलवाल र मनोनीत सह–महामन्त्रीमा राजकुमारी श्रेष्ठ चयन भएकी छिन् ।

कोषाध्यक्षमा विनिता बराम चयन भएकी छिन् । प्रभा घिमिरे बागमती प्रदेश, चन्द्रकला कुमाल गण्डकी प्रदेश, भक्ति सापकोटा लुम्बिनी प्रदेश प्रमुखमा चयन भएका छन् ।

समितिको सदस्यहरूमा राधिका कँडेल, सोनाम हेलम्बु, बुद्धिमाया तामाङ, ललिता विष्ट, निर्मला राय, नारद बोगटी, पुजनप्रकाश उपाध्याय, दीपक भुसाल, किसनकुमार थारु र अरुणा खड्का चयन भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिनका लागि महाधिवेशन प्रतिनिधीहरूमा देवी भुसाल ‘दीपिका’, खगेश्वर अधिकारी, सुवास खरेल, अनु थापा, राजेन्द्र खनाल, राज छत्कुली र सूर्यबहादुर राना छनोट भएका छन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विभिन्न परियोजना साथै पर्वत सेवा समाज नेपाल र अन्तर्राष्ट्रिय पर्वत समाज नेपालमा समेत आबद्ध रहेर भुसालले काम गरिसकेकी छिन् ।

भुसालसँग जनसम्पर्क समिति इजरायलको स्थापना कालदेखि हालसम्म महिला उप–सभापति पदमा रहेर काम गरेको अनुभव छ ।

बदलिँदो राजनैतिक परिस्थिति, देशको वर्तमान अवस्था र भर्खरै नेपाली कांग्रेस सत्तामा पुगेका विविध परिस्थितिहरूसँगै पार्टीको संगठन बिस्तारलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउने र समाजसेवालाई पनि निरन्तरता दिँदै जाने सभापति भुसालले बताएकी छिन् ।

कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा शुक्रवार भर्चुअलमाध्यमबाट अधिवेशन भएको थियो । केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस