गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत गैरआवासीय नेपाली पत्रकार महासंघद्वारा सर्वोच्च अदालतको फैसलाको स्वागत दीप संञ्चार असार २९, २०७८ गते १७:१९ मा प्रकाशित लन्डन ( जीएनएन) – दोश्रो पटक पनि विघटन गरिएको नेपालको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको गैरआवासीय नेपाली पत्रकार महासंघले स्वागत गरेको छ।सोमबार भर्चुअल रुपमा बसेको महासंघको पहिलो बैठकले अदालतको फैसलाले विधिको शासनको सर्वोच्चतालाई पुनः स्थापित गरेको जनाएको छ । “लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पनि विधिको शासन अनिवार्य छ।त्यसैले हामी नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुलाई आपसी संवाद र सहकार्यद्वारा जारी राजनीतिक गतिरोधबाट मुलुकलाई निकास दिन र कोरोना संक्रमणबाट भैरहेको मानवीय क्षतिलाई रोक्न तत्काल खोपको आपूर्ति सुनिश्चित गरी कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न अपिल गर्दा छौं,” महासंघले भनेको छ ।महासंघको बैठकले विधान तर्जुमा, संगठन विस्तार लगायतका कामहरु गर्न विभिन्न समितिहरु पनि गठन गरेको महासचिव कृष्ण केसीले जनाए ।प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गत साता गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको थियो।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दैएनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त…अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोपएनआरएनएमा किन लाग्यो साइबर क्राइमको आरोप धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट कोभिडकै कारण १४ महिनादेखि आइसोलेसनमा छन् मुजाफ्फर कायसन करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा जसपा फुटको संघारमा ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त इमर्जिङ नेपालको शेयर खुल्यो यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग