गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली राजदुतावास कतार द्वारा कतारका नेपाली व्यवसायीहरू सम्मानित नेपाली राजदुतावास कतार द्वारा कतारका नेपाली व्यवसायीहरू सम्मानित दीप संञ्चार असार २९, २०७८ गते ४:४५ मा प्रकाशित दोहा – कतार स्थित नेपाली राजदुतावासले कतारमा रहेका नेपाली व्यवसायीहरूलाई एक कार्यक्रमका विच प्रमाणपत्र सहित सम्मान गरेको छ।कोभिड १९ को दोस्रो भेरियण्टको महामारीबाट समस्यामा परेका नेपालीलाई १ करोड २० लाख नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका कतारमा रहेका नेपाली व्यवसायीलाई नेपाली दूतावास कतारले उच्च प्रशंसा गर्दै सम्मान उक्त सम्मान गरेको हो।नेपाली दूतावास कतारद्धारा आइतबार आयोजित कार्यक्रममा राजदूत डा.नारदनाथ भारद्वाजले स्वास्थ्य सामाग्री पठाउ अभियानमा सहयोग गर्ने ५२ जनालाई उच्च सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थिए।नेपाल व्यवसायी संघ कतारको नेतृत्व र कतारस्थित नेपाली राजदूतावासको सहकार्य र समन्वयमा नेपालमा स्वास्थ्य सामाग्री पठाउन राजदूत डा.नारदनाथ भारद्वाजको संरक्षकत्वमा ‘नेपालका लागि कोरोना राहत समिति–कतार–२०२१’ गठन गरेर सहयोग अभियान सुरु गरेको थियो ।राजदूत भारद्वाजले नेपाललाई समस्या पर्दा कतारमा रहेका व्यवसायी एकजुट भएर सहयोग प्रदान गर्नु सुखद भएको भन्दै भोलिका दिनमा पनि यस्तै कार्य गर्न हौसला मिलोस् भनेर प्रशंसा पत्र प्रदान गरेको बताए ।कार्यक्रम संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले दूतावासको सम्मानले आम व्यवसायीलाई थप उर्जा मिलेको बताए । ‘ दूतावासको उत्प्रेरणारुपी माया र अभिभाकत्वले हामी सम्पूर्ण व्यवसायीहरूमा थप उर्जा थपिएको छ, महामहिम राजदूतका साथै दूतावास परिवार लगायत सम्पूर्ण सहयोगी मनहरूमा नेपाल व्यवसायी संघ कतार हार्दिक नमन गर्दछ’ अध्यक्ष चौलागाईले भनेका छन् ।दूतावास र नेपाली व्यवसायी संघ कतारले पठाएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला नेपाली व्यवसायी संघ कतारका प्रतिनीधिले गत असार १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेललाई विमानस्थलमा नै पुगेर हस्तान्तरण गरिसकेका छन् ।एक करोड २० लाख मूल्य पर्ने स्वास्थ्य समाग्रीहरुमा १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय वटा पल्स अक्सिमिटर र ५० वटा नेजल क्यानुला रहेका छन् ।स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गर्नका लागि संघले अनुरोध गरेको छ । हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् । संघले चाइनामा स्वास्थ्य सामाग्री खरिद गरेर कार्गोसहित आफ्नै खर्चमा स्वदेश ल्याएर हस्तान्तरण गरेको हो । क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसाउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्धगैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका…कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्नकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी