गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली राजदुतावास कतार द्वारा कतारका नेपाली व्यवसायीहरू सम्मानित नेपाली राजदुतावास कतार द्वारा कतारका नेपाली व्यवसायीहरू सम्मानित दीप संञ्चार असार २९, २०७८ गते ४:४५ मा प्रकाशित दोहा – कतार स्थित नेपाली राजदुतावासले कतारमा रहेका नेपाली व्यवसायीहरूलाई एक कार्यक्रमका विच प्रमाणपत्र सहित सम्मान गरेको छ।कोभिड १९ को दोस्रो भेरियण्टको महामारीबाट समस्यामा परेका नेपालीलाई १ करोड २० लाख नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका कतारमा रहेका नेपाली व्यवसायीलाई नेपाली दूतावास कतारले उच्च प्रशंसा गर्दै सम्मान उक्त सम्मान गरेको हो।नेपाली दूतावास कतारद्धारा आइतबार आयोजित कार्यक्रममा राजदूत डा.नारदनाथ भारद्वाजले स्वास्थ्य सामाग्री पठाउ अभियानमा सहयोग गर्ने ५२ जनालाई उच्च सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थिए।नेपाल व्यवसायी संघ कतारको नेतृत्व र कतारस्थित नेपाली राजदूतावासको सहकार्य र समन्वयमा नेपालमा स्वास्थ्य सामाग्री पठाउन राजदूत डा.नारदनाथ भारद्वाजको संरक्षकत्वमा ‘नेपालका लागि कोरोना राहत समिति–कतार–२०२१’ गठन गरेर सहयोग अभियान सुरु गरेको थियो ।राजदूत भारद्वाजले नेपाललाई समस्या पर्दा कतारमा रहेका व्यवसायी एकजुट भएर सहयोग प्रदान गर्नु सुखद भएको भन्दै भोलिका दिनमा पनि यस्तै कार्य गर्न हौसला मिलोस् भनेर प्रशंसा पत्र प्रदान गरेको बताए ।कार्यक्रम संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले दूतावासको सम्मानले आम व्यवसायीलाई थप उर्जा मिलेको बताए । ‘ दूतावासको उत्प्रेरणारुपी माया र अभिभाकत्वले हामी सम्पूर्ण व्यवसायीहरूमा थप उर्जा थपिएको छ, महामहिम राजदूतका साथै दूतावास परिवार लगायत सम्पूर्ण सहयोगी मनहरूमा नेपाल व्यवसायी संघ कतार हार्दिक नमन गर्दछ’ अध्यक्ष चौलागाईले भनेका छन् ।दूतावास र नेपाली व्यवसायी संघ कतारले पठाएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला नेपाली व्यवसायी संघ कतारका प्रतिनीधिले गत असार १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोख्रेललाई विमानस्थलमा नै पुगेर हस्तान्तरण गरिसकेका छन् ।एक करोड २० लाख मूल्य पर्ने स्वास्थ्य समाग्रीहरुमा १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय वटा पल्स अक्सिमिटर र ५० वटा नेजल क्यानुला रहेका छन् ।स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गर्नका लागि संघले अनुरोध गरेको छ । हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् । संघले चाइनामा स्वास्थ्य सामाग्री खरिद गरेर कार्गोसहित आफ्नै खर्चमा स्वदेश ल्याएर हस्तान्तरण गरेको हो । क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति