Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुदपोर्चुगल भर्सेन हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

पोर्चुगल भर्सेन हंगेरी – यी हुन् हेर्नलायक खेलाडी


काठमाडौं — पाँचौपटक युरोकप खेल्न लागेका रोनाल्डो यस प्रतियोगिताको इतिहासकै सर्वकालीन सफल खेलाडीमध्ये एक हुन् । यस अर्थमा उनको प्रतिस्पर्धा आफैंसँग हो । उनी युरोकपको सर्वकालिन गोलकर्ताको सुचीमा ९ गोलसहित माइकल प्लाटिनीसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यो रेकर्ड रोनाल्डोले यसपटक एकलौटी गर्ने अपेक्षा छ ।

त्यस्तै, उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचीमा ईरानमा अली देईपछि दोस्रो स्थानमा छन् । अलीले १ सय ९ र रोनाल्डोले १ सय ४ गोल गरेका छन् । यस प्रतियोगितामा रोनाल्डो चम्कन सके उनले यो कीर्तिमान बराबरी गर्ने वा तोड्ने संभावना पनि छ । तर, व्यक्तिगत रेकर्डभन्दा पनि देशका लागि रेकर्ड राख्ने रोनाल्डोको धोको छ । सन् २०१६ को च्याम्पियन पोर्चुगलले उपाधि रक्षा गरेमा स्पेनको रेकर्ड बराबरी गर्नेछ । युरोमा लगातार दुईपल्ट उपाधि जित्ने स्पेन एक्लो टोली हो, उसले २००८ र २०१२ मा यो उपाधि जितेको थियो । ३६ वर्षीय पोर्चुगिज कप्तानका लागि सायद यो अन्तिम युरोकप हो ।

रोनाल्ड सल्लाही
जर्मन क्लब एससी फ्रेइवर्गबाटे रोनाल्ड सल्लाहीले यस सिजन ८ गोल गरे । उनले आफ्नो उच्च प्रदर्शनलाई आजको खेलमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ । २४ वर्षका यी विंगर खेलको गति र नतिजा परिवर्तन गर्नसक्ने खुबी राख्छन् । घरेलु मैदानमा उनी चल्न सके हंगेरीले पोर्चुगलमाथि दबाब बनाउनसक्छ ।


क्याटेगोरी : खेलकुद, ग्लोबल
ट्याग : #game

तपाईको प्रतिक्रिया दिनुहोस