Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली कांग्रेस जनसम्पर्क विभागको जनसम्पर्क समितिहरु संग अन्तरक्रिया सम्पन्न

नेपाली कांग्रेस जनसम्पर्क विभागको जनसम्पर्क समितिहरु संग अन्तरक्रिया सम्पन्न


दोहा – नेपाली कांग्रेसको केन्द्रिय नेपाली जनसम्पर्क समिति समन्वय बिभागले मध्यपुर्व, मलेसिया तथा इजरायलका जनसम्पर्क समितिका पदाधिकारी तथा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु विच भर्चुअल माध्यमबाट परिचयत्मक तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड १९ को सुरुवात संगै देश बिदेशमा रहेका आफ्ना नागरिकहरु सँग संवाद तथा छलफलको माध्यम बनेको जुम मार्फत भएको सो भर्चुअल कार्यक्रममा नेपाली जनसम्पर्क समिति समन्वय विभागका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईको प्रमुख आथित्यमा सम्पन्न भएको हो l उक्त कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रिय सदस्य नरेन्द्र भाटले गरेका थिए ।

करिब ५ घण्टा चलेको कार्यक्रममा विभिन्न देशका जनसम्पर्क समितिका सभापतिहरुले आफ्नो देशको संगठनिक गतिविधी र कोभिडको मारमा परेका नेपालीहरुको अवस्था र समसामयिक विषयमा कार्यक्रम मार्फत विभागिय प्रमुख मार्फत केन्द्रलाई जानकारी गराएका थिए ।

प्रमुख अतिथी एव बिभागीय प्रमुख गोविन्द भट्टराइले कोभिडको महामारि सुरु भएको २० महिनाको अवधिमा सरकार जनस्वास्थ्यको सवाल मा गम्भीर नभएको सत्ताको खेल र आफ्ना आन्तरिक कलहमा रुमल्लिएर यस विषम परिस्थितिमा पनि स्वास्थ्य सामाग्री आयात गर्ने जिम्मा आफ्ना आसेपासेलाइ दिएर पोस्ने काम र अनियमितता गर्यो l सरकारका मन्त्रि र उनका कार्यकर्ता समेत भ्रष्टाचारमा लिप्त हुदै असंबैधानिक गतिविधी लोकतन्त्रको खिल्ली उडाउन तल्लिन रह्यो l जसका कारण सरकारले बिदेशमा पसिना बगाएर देश बचाउने नागरिकको न पिडा सुन्यो न देशमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्नेको समस्या बुज्यो । खाली सत्ताको दाउ पेचमा लाग्यो l स्वघोसित रुपमा आफुहरुलाई सर्वहाराको सरकार हौ भन्नेहरु । बोलेर मात्र हुन्छ कि व्यबहारमा पनि देखाउनु पर्दछ ?

भट्टराईले बोल्ने क्रममा भने कम्युनिस्ट हरु बोल्ने एक गर्छन अर्को कुरा ? अहिले देश भित्र र गैर आवासिय भित्र पनि उनिहरुको त्यही चलखेल भैरहेको छ कम्युनिस्ट आइडोलोजिमा नागरिकले मतदान गर्ने र बिदेश जाने भने कुरा कहाँ नेर छ । कम्युनिस्ट हरु गैर राजनैतीक संस्थामा पनि राजनीति गरिरहेका हुन्छन उनिहरुको यो केन्द्र्कृत धेय तल्लो निकाय सम्म छ यो रोग प्रवासमा पनि देखिन्छ हामी सामाजिक संस्थाको मुल्य मान्यता लाई सिरोपर गरी लोकतान्त्रिक बिधी प्रकृया बाट नै अगाडि बड्नु पर्दछ भन्ने मान्यतामा छौ रहन्छौ ।

कार्यक्रममा जनसम्पर्क समिति समन्वय बिभागका सचिब महेश थपलिया, बिभागका केन्द्रिय सदस्य एव आदिबासी जनजाती महासंघ का केन्द्रिय अध्यक्ष जगत बराम, साम्राज्य बिक्रम पाण्डे, बिष्णु रायमाजी,चित्र बहादुर मल्ल, जगदिस खाण,भरत गुरुङ , भरत अर्याल, बिध्या तिमल्सिना, दिरेन्द्र रावल, नेपाल विद्यार्थी संघ का पुर्व सह माहमन्त्री बद्री अर्याल लगायतको उपस्थिती थियो ।

गैर आवासिय नेपाली संघ मध्यपुर्वका संयोजक एव महाधिवेशन प्रतिनिधि प्रविण गुरुङ, ऊप संयोजक महाधिवेशन प्रतिनिधि मनोज गुरुङ, मध्यपुर्वका युवा संयोजक तथा महाधिवेशन प्रतिनिधि राज रेग्मी एनसीसी सल्लाहकार एव महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह ले एनसीसी र आइसीसीका अधिवेशन र भूमिका बारे जानकारी गराएका थिए l

नेपाली जनसम्पर्क समितिहरुका तर्फबाट कतारका सभापाति मोहम्मद अजिज अली, युएइका भवानी प्रसाद तिमल्सिना, बहराईनका पदम सुन्दर राहुल गुरुङ, साउदी अरेविया का अर्जुन थापा, ओमानका सालीक चापागाइ, मलेसियाका चोला कान्त पेगेनी, कुवेतका राजेन्द्र विरही र इजरायलका खगेश्वर अधिकारी ले जनसम्पर्क समितिको भर्खरै सम्पन्न अधिवेशन लगायत आफ्नो आफ्नो देशको नेपालीहरुका समस्या र आसन्न एन आर एन अधिबेशनका तयारीका सम्बन्धमा जानकारी गराएका थिए l

जनसम्पर्क समितिहरुका उपसभापती महामन्त्री र नेपाली कांग्रेसका चौधौ महाधिवेशनका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । अधिकाम्स उपस्थिती हरुका लागि परिचयात्मक कार्यक्रम पनि गरिएको उक्त कार्यक्रमको सन्चालन नेपाली जनसंपर्क समिति कतारका संस्थापक महामन्त्री महासमिति सदस्य एव नेपाली कांग्रेस सुचना संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य बिमल सुबेदी ले संचालन गरेका थिए भने जनसंपर्क समिती कतारका सदस्य दिप जङ् शाहले प्राविधिक सहयोग गरेका थिए ।

 


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस