गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ ७२ वर्षपछि पाकिस्तानमा हिन्दू मन्दिर खुल्यो ७२ वर्षपछि पाकिस्तानमा हिन्दू मन्दिर खुल्यो दीप संञ्चार असार २४, २०७६ गते १४:३९ मा प्रकाशित इस्लामावाद, ७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो ।प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त मन्दिरलाई पुनः सञ्चालनमा ल्याइएको हो । हवन् समारोहमा ठूलो सङ्ख्यामा हिन्दू धर्मावलम्बीको सहभागिता थियो ।अधिकारीको अनुसार भारत र पाकिस्तान टुक्रिने बेला सन् १९४७ देखि उक्त मन्दिर बन्द थियो । यद्यपि हिन्दू धर्मावलम्बीको मागबमोजिम प्रधानमन्त्री खानको निर्देशनमा मन्दिर ७२ वर्षपछि खोलिएको जनाइएको छ ।धेरै नै लामो समयदेखि बन्द रहेकाले मन्दिरको अवस्था जीर्ण रहेको र यसको मर्मतका लागि समेत काम थालिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । मन्दिरमा भगवान्का मूर्ती भने भारतबाट ल्याइने छ ।क्याटेगोरी : ग्लोबल, एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप