गृहपृष्ठ ∕ ग्लोबल ∕ पत्रकार महासंघ बेलायतको निर्वाचन प्रक्रिया तुरुन्तै स्थगन गर्न प्रेस यूनियनको माग पत्रकार महासंघ बेलायतको निर्वाचन प्रक्रिया तुरुन्तै स्थगन गर्न प्रेस यूनियनको माग जीएनएन जेठ १०, २०७८ गते ९:४४ मा प्रकाशित लण्डन – नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण भएको जनाएको छआज प्रकाशित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको गत ९ मे २०२१ मा बसेको बैठकको म्यान्डेट विपरीत शाखाको पाँचौ अधिवेशन निर्वाचन कार्यक्रम समेत प्रेस युनियन बेलायतको समेत नेतृत्व गरि बेलायत शाखाका महासचिव समेत रहेका महासचिव संजयभक्त कंडेललाई समेत थाहै नदिई प्रकाशित गर्नुले पाँचौ अधिवेशन निष्पक्ष हुनेमा प्रेस युनियन बेलायतले आंशका व्यक्त गरेको छ ।बिज्ञप्तीमा अगादी भनिएको छ – शाखाका संस्थापक सदस्य तथा सल्लाहकार समेत रहेका प्रेस युनियन बेलायत अध्यक्ष विपिन निरौलाको समेत उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा १३ जुनमा भर्चुअल रुपमा अधिवेशन गर्ने र सोही दिन भर्चुअल रुपमै नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । उक्त सर्वसम्मत निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको प्रति नेपाल प्रेस युनियन गम्भिर आपत्ति प्रकट गर्दछ । विधानमै नभएको र बैठकले “म्यान्डेड “नै नदिएको “पोष्टल भोट” लगायतका निर्णय सहितको निर्वाचन नियमावली जारी गर्नुलाई षडयन्त्र होइन भन्न सकिदैन ।शाखाका सल्लाहकार एवं वरिष्ठ पत्रकार भगीरथ योगी केन्द्रीय प्रतिनिधिका रुपमा नियुक्त भैसक्नु भएको हुदा निर्वाचनका पुर्व प्रकाशित कार्यतालिका तत्काल स्थगित गरि सहमति र सहकार्यबाट बिबाद समाधान गरी अगाडी बढन नेपाल प्रेस युनियन बेलायत आव्हान गर्दछ । साथै, वार्ता र छलफलका लागि नेतृत्वदायी भुमिका तथा सहजकर्ताका भुमिका समेत निर्वाह गर्न प्रेस युयिनन वेलायत तयार रहेको जानकारी गराउन चाहान्छु।यस नेपाल बेलायत पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन र नेतृत्व चयनको बेलामा बर्ष पुरस्कार तथा सम्मान जस्ता कार्यले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यस्ता कार्यहरु नगर्न र त्यस्ता विवादित पुरस्कार तथा सम्मान ग्रहण नगरि दिनु हुन पनि सम्वन्धित सबै पक्षलाई हार्दिक अनुरोध र सचेत गराउन चाहान्छौ । हालको नरेश खपांगी मगर अध्यक्ष रहेको कार्यसमिति पनि महासंघको केन्द्र, सरोकारवाला संघ संगठनहरु र प्रेस युनियन बेलायतको सहमति तथा सहकार्यमा गठन भएको स्मरण गराउन चाहान्छु ।आगामी दिनमा पनि त्यस्तै प्रकारको सहमति र सहकार्य गरेर बेलायतस्थित सम्पुर्ण पत्रकारहरुलाई एकजुट बनाई कोरोना महामारीको यस बिषम परिस्थितिमा सामाजिक सद्भाव कायम राखि सामाजिक एकता निर्माण गर्न नेपाल प्रेस युनियन सधै तत्पर छ । बेलायत शाखाको विवादका बिषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष र केन्द्रीय पदाधिकारीहरुलाई पनि यस विज्ञप्ती मार्फत समस्या समाधानका लागि तत्काल पहल गरिदिनु हुन अनुरोध गर्दछु ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली कोभिड हिरो अवार्डद्वारा मलेसियामा सम्मानितसरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली…एनआरएनएद्धारा ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रम सम्पन्न, नेपाल र नेपाली…कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी