गृहपृष्ठ ∕ ग्लोबल ∕ पत्रकार महासंघ बेलायतको निर्वाचन प्रक्रिया तुरुन्तै स्थगन गर्न प्रेस यूनियनको माग पत्रकार महासंघ बेलायतको निर्वाचन प्रक्रिया तुरुन्तै स्थगन गर्न प्रेस यूनियनको माग जीएनएन जेठ १०, २०७८ गते ९:४४ मा प्रकाशित लण्डन – नेपाल पत्रकार महासंघ बेलायत शाखामा देखिएको विवादका सम्बन्धमा नेपाल प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण भएको जनाएको छआज प्रकाशित बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको गत ९ मे २०२१ मा बसेको बैठकको म्यान्डेट विपरीत शाखाको पाँचौ अधिवेशन निर्वाचन कार्यक्रम समेत प्रेस युनियन बेलायतको समेत नेतृत्व गरि बेलायत शाखाका महासचिव समेत रहेका महासचिव संजयभक्त कंडेललाई समेत थाहै नदिई प्रकाशित गर्नुले पाँचौ अधिवेशन निष्पक्ष हुनेमा प्रेस युनियन बेलायतले आंशका व्यक्त गरेको छ ।बिज्ञप्तीमा अगादी भनिएको छ – शाखाका संस्थापक सदस्य तथा सल्लाहकार समेत रहेका प्रेस युनियन बेलायत अध्यक्ष विपिन निरौलाको समेत उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा १३ जुनमा भर्चुअल रुपमा अधिवेशन गर्ने र सोही दिन भर्चुअल रुपमै नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । उक्त सर्वसम्मत निर्णय विपरीत निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको प्रति नेपाल प्रेस युनियन गम्भिर आपत्ति प्रकट गर्दछ । विधानमै नभएको र बैठकले “म्यान्डेड “नै नदिएको “पोष्टल भोट” लगायतका निर्णय सहितको निर्वाचन नियमावली जारी गर्नुलाई षडयन्त्र होइन भन्न सकिदैन ।शाखाका सल्लाहकार एवं वरिष्ठ पत्रकार भगीरथ योगी केन्द्रीय प्रतिनिधिका रुपमा नियुक्त भैसक्नु भएको हुदा निर्वाचनका पुर्व प्रकाशित कार्यतालिका तत्काल स्थगित गरि सहमति र सहकार्यबाट बिबाद समाधान गरी अगाडी बढन नेपाल प्रेस युनियन बेलायत आव्हान गर्दछ । साथै, वार्ता र छलफलका लागि नेतृत्वदायी भुमिका तथा सहजकर्ताका भुमिका समेत निर्वाह गर्न प्रेस युयिनन वेलायत तयार रहेको जानकारी गराउन चाहान्छु।यस नेपाल बेलायत पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन र नेतृत्व चयनको बेलामा बर्ष पुरस्कार तथा सम्मान जस्ता कार्यले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यस्ता कार्यहरु नगर्न र त्यस्ता विवादित पुरस्कार तथा सम्मान ग्रहण नगरि दिनु हुन पनि सम्वन्धित सबै पक्षलाई हार्दिक अनुरोध र सचेत गराउन चाहान्छौ । हालको नरेश खपांगी मगर अध्यक्ष रहेको कार्यसमिति पनि महासंघको केन्द्र, सरोकारवाला संघ संगठनहरु र प्रेस युनियन बेलायतको सहमति तथा सहकार्यमा गठन भएको स्मरण गराउन चाहान्छु ।आगामी दिनमा पनि त्यस्तै प्रकारको सहमति र सहकार्य गरेर बेलायतस्थित सम्पुर्ण पत्रकारहरुलाई एकजुट बनाई कोरोना महामारीको यस बिषम परिस्थितिमा सामाजिक सद्भाव कायम राखि सामाजिक एकता निर्माण गर्न नेपाल प्रेस युनियन सधै तत्पर छ । बेलायत शाखाको विवादका बिषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष र केन्द्रीय पदाधिकारीहरुलाई पनि यस विज्ञप्ती मार्फत समस्या समाधानका लागि तत्काल पहल गरिदिनु हुन अनुरोध गर्दछु ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल