Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाले नेपाललाई तीन जहाजमा पठाउँदैछ कोभिडविरूद्ध चाहिने सामग्री

अमेरिकाले नेपाललाई तीन जहाजमा पठाउँदैछ कोभिडविरूद्ध चाहिने सामग्री

विदेशमन्त्री ब्लिन्कनले ट्वीट गर्दै भने- नेपालको अवस्थालाई द्रुत गतिमा सम्बोधन गरिरहेका छौं


मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ।

अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार  सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।

गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्।

 

अमेरिकी विदेशमन्त्री नेपालका सम्बन्धमा बिरलै ट्वीट गरेका छन्। केही घन्टाअघि गरिएको ट्वीटमा विदेश मन्त्री ब्लिन्कनले नेपाल बढिरहेको कोरोनाको संक्रमणको अवस्थालाई अमेरिकाले द्रुत गतिमा सम्बोधन गरिरहेको बताएका छन्।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस