गृहपृष्ठ ∕ घुमफिर ∕ बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो – एप्पल भन्छ बाङ्गो हुनु सामान्य बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो – एप्पल भन्छ बाङ्गो हुनु सामान्य admin मंसीर ५, २०७५ गते ७:४२ मा प्रकाशित एप्पलले केहि महिना अगाडि रिलिज गरेको अहिलेसम्म कै सबैभन्दा स्लिम आइप्याड प्रो खरिद गरेका थुप्रै प्रयोगकर्ताले आइप्याड प्रो बक्सा भित्र नै बाङ्गो भएको भेटेका छन् । नयाँ किनेर ल्याएको आइप्याड प्रो बक्सा खोलेर हेर्दा बाङ्गो भएको भेटेपछि खरिद गर्नेहरु निराश भएका हुन् । बक्सा भित्र कै नयाँ आइप्याड बाङ्गो भएको धेरै गुनासो एप्पललाई गरिए पछि एप्पलले नयाँ आइप्याड प्रो बाङ्गो हुनु स्वाभाविक र सामान्य भएको कुरा बताएको छ । उक्त आइप्याड प्रो बाङ्गो भएपनि चलाउँदा केहि फरक नपर्ने र आइप्याडको भौतिक बनोटमा केहि खोट नआउने कुरा एप्पलले बताएको छ ।केहि दिन अगाडी नै यो विषयमा चर्चा चुलिएपछि एप्पलले द भर्जलाई कुनै कुनै आइप्याड प्रो फ्याक्ट्रीबाट नै बाङ्गो आउन सक्ने कुराको जानकारी दिएको थियो । एप्पलको बरिष्ठ इन्जिनियर ड्यान रिचियोले द भर्ज, म्याकर्युमर्स र नाईनटुफाइभम्याकलाई ईमेल मार्फत एप्पलको नयाँ आइप्याड प्रोले डिजाइन र बनोटको उच्च मानकहरु पनि पुरा गर्ने बयान दिएका छन् । उनका अनुसार बाङ्गो भएको आइप्याडले भविष्यमा कुनै पनि किसिमको समस्या ल्याउने छैन र प्रयोग गर्दा पनि केहि असर गर्ने छैन ।एप्पलले आइप्याड प्रो बक्सा मै बाङ्गो भएको कुरा स्वीकार गरे पनि बाङ्गो भएको आइप्याड प्रो लाई प्रतिस्थापन भने नगर्ने भएको छ । यसर्थ, तपाईंले लगभग नेरु १ लाख अथवा बढी हालेर खरिद गरेको आइप्याड प्रो बक्सा मै बाङ्गो छ भने पनि त्यसमै चित्त बुझाउनु पर्ने हुन्छ – एप्पलले उक्त आइप्याडलाई बाङ्गो नभएको आइप्याडसँग सटही गर्ने छैन । म्याकर्युमारका अनुसार एप्पलले कुनै कुनै स्थानमा बाङ्गो भएका आइप्याडलाई प्रतिस्थापन गर्नका लागि उपभोक्तासँग उल्टै पैसा लिएको पनि पाइएको छ ।यस्ता छन् नयाँ आइप्याडका विशेषताहरु:नयाँ एप्पल A12X प्रोसेसरआइप्याड प्रो ११ मा ११ इन्च र आइप्याड प्रो १२.९ मा १२.९ इन्च कै रेटिना डिस्प्ले१२० हर्ज डिस्प्लेहोम बटन छैन – अब जेस्चरबाट चल्नेआइफोन Xs को जस्तै फेसआइडीयुएसबी सी पोर्ट – आइप्याड मै पहिलो पटकनिकै फास्ट ग्राफिक्स प्रोसेसर – एक्सबक्स वन तहकोचारवटा स्पिकर – हेडफोन ज्याक छैन१ TB सम्मको इन्टरनल स्टोरेज११ इन्च मोडलको मूल्य ८०० अमेरिकी डलर१२.९ इन्च मोडलको मूल्य १००० अमेरिकी डलरनयाँ स्मार्ट फोलियो केस किबोर्ड – १८० अमेरिकी डलरनयाँ म्याग्नेटिक एप्पल पेन्सिलस्रोत : म्याकर्युमर्स, द भर्ज र नाईनटुफाइभम्याकक्याटेगोरी : घुमफिर, राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन !सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !