गृहपृष्ठ ∕ घुमफिर ∕ बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो – एप्पल भन्छ बाङ्गो हुनु सामान्य बक्सा खोल्दा उपभोक्ताले पाए बाङ्गो आइप्याड प्रो – एप्पल भन्छ बाङ्गो हुनु सामान्य admin मंसीर ५, २०७५ गते ७:४२ मा प्रकाशित एप्पलले केहि महिना अगाडि रिलिज गरेको अहिलेसम्म कै सबैभन्दा स्लिम आइप्याड प्रो खरिद गरेका थुप्रै प्रयोगकर्ताले आइप्याड प्रो बक्सा भित्र नै बाङ्गो भएको भेटेका छन् । नयाँ किनेर ल्याएको आइप्याड प्रो बक्सा खोलेर हेर्दा बाङ्गो भएको भेटेपछि खरिद गर्नेहरु निराश भएका हुन् । बक्सा भित्र कै नयाँ आइप्याड बाङ्गो भएको धेरै गुनासो एप्पललाई गरिए पछि एप्पलले नयाँ आइप्याड प्रो बाङ्गो हुनु स्वाभाविक र सामान्य भएको कुरा बताएको छ । उक्त आइप्याड प्रो बाङ्गो भएपनि चलाउँदा केहि फरक नपर्ने र आइप्याडको भौतिक बनोटमा केहि खोट नआउने कुरा एप्पलले बताएको छ ।केहि दिन अगाडी नै यो विषयमा चर्चा चुलिएपछि एप्पलले द भर्जलाई कुनै कुनै आइप्याड प्रो फ्याक्ट्रीबाट नै बाङ्गो आउन सक्ने कुराको जानकारी दिएको थियो । एप्पलको बरिष्ठ इन्जिनियर ड्यान रिचियोले द भर्ज, म्याकर्युमर्स र नाईनटुफाइभम्याकलाई ईमेल मार्फत एप्पलको नयाँ आइप्याड प्रोले डिजाइन र बनोटको उच्च मानकहरु पनि पुरा गर्ने बयान दिएका छन् । उनका अनुसार बाङ्गो भएको आइप्याडले भविष्यमा कुनै पनि किसिमको समस्या ल्याउने छैन र प्रयोग गर्दा पनि केहि असर गर्ने छैन ।एप्पलले आइप्याड प्रो बक्सा मै बाङ्गो भएको कुरा स्वीकार गरे पनि बाङ्गो भएको आइप्याड प्रो लाई प्रतिस्थापन भने नगर्ने भएको छ । यसर्थ, तपाईंले लगभग नेरु १ लाख अथवा बढी हालेर खरिद गरेको आइप्याड प्रो बक्सा मै बाङ्गो छ भने पनि त्यसमै चित्त बुझाउनु पर्ने हुन्छ – एप्पलले उक्त आइप्याडलाई बाङ्गो नभएको आइप्याडसँग सटही गर्ने छैन । म्याकर्युमारका अनुसार एप्पलले कुनै कुनै स्थानमा बाङ्गो भएका आइप्याडलाई प्रतिस्थापन गर्नका लागि उपभोक्तासँग उल्टै पैसा लिएको पनि पाइएको छ ।यस्ता छन् नयाँ आइप्याडका विशेषताहरु:नयाँ एप्पल A12X प्रोसेसरआइप्याड प्रो ११ मा ११ इन्च र आइप्याड प्रो १२.९ मा १२.९ इन्च कै रेटिना डिस्प्ले१२० हर्ज डिस्प्लेहोम बटन छैन – अब जेस्चरबाट चल्नेआइफोन Xs को जस्तै फेसआइडीयुएसबी सी पोर्ट – आइप्याड मै पहिलो पटकनिकै फास्ट ग्राफिक्स प्रोसेसर – एक्सबक्स वन तहकोचारवटा स्पिकर – हेडफोन ज्याक छैन१ TB सम्मको इन्टरनल स्टोरेज११ इन्च मोडलको मूल्य ८०० अमेरिकी डलर१२.९ इन्च मोडलको मूल्य १००० अमेरिकी डलरनयाँ स्मार्ट फोलियो केस किबोर्ड – १८० अमेरिकी डलरनयाँ म्याग्नेटिक एप्पल पेन्सिलस्रोत : म्याकर्युमर्स, द भर्ज र नाईनटुफाइभम्याकक्याटेगोरी : घुमफिर, राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न