गृहपृष्ठ ∕ कला/साहित्य ∕ खस भाषामा सजिएको “खस देउसी भैलो” तिहार गित बजारमा खस भाषामा सजिएको “खस देउसी भैलो” तिहार गित बजारमा प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते ९:४३ मा प्रकाशित दाङ्ग—लोप हुन् लागेको खस भाषाका संरक्षक तथा लोक दोहोरी गायक कुल बहादुर ओलीले खस भाषाको सांगीतिक कोशेली “खस देउसी भैलो” बोलको गित लिएर बजारमा आएका छन । म्युजिक मस्ती प्रालिको प्रस्तुति रहेको उक्त खस भाषाको तिहार गीतमा खस भाषाका संरक्षक तथा गायक कुल बहादुर ओली, केबी भण्डारी र दिल माया सुनारको स्वर रहेको छ । गायक ओली र जयराम खत्रीको शब्द रहेको छ भने केबी भण्डारीले गीतको एरेन्ज गरेका छन । त्यस्तै गायक ओलीले तिहार गीतको शब्दलाई मिठो संगीत दिएर अझै मिठास बनाएका छन ।आफ्ना बाबु बाजेले बोल्दै आएको खस भाषा पछिल्लो समय युवा पुस्ताले बिर्सदै गएको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको गायक ओलीले बताए । आफ्नो रितिरिवाज, धर्म संस्कृति बिर्सन हुन्, म कलाकारिता क्षेत्रमा लागेको नाताले यो खस भाषालाई पनि जगेर्ना गर्नु पर्छ भन्ने लागेको छ उनले भने । म यो आफ्नो मौलिक खस भाषालाई जगेर्ना गर्नु पर्छ भनेर लागि परे पछि धेरै साथीहरुले हौसला पनि दिनु भएको छ, मैले मात्र गरेर हुँदैन सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ भन्दै आग्रह समेत गरेको छु गायक ओलीले भने ।खास गरि यो खस भाषा साबिकका राप्ती, कर्णाली प्रदेश र सुदुरका केहि जिल्लामा बोल्ने गरिन्छ । रुकुम, रोल्पा, सल्यानमा अझै पनि यो खस भाषा निकै प्रयोग गर्ने गर्दछन । खस भाषाका संरक्षक तथा गायकका अनुशार सबै जिल्लामा यो भाषालाई निरन्तरता दिनु पर्छ अनि मात्र खस भाषाले न्याय पाउनेछ । एकातिर खस भाषालाई जगेर्ना गर्न निकै संघर्ष गरि रहेका छन् भने अर्को तर्फ लोक गित संगीतमा पनि गायक ओलीको त्यतिक्कै देन छ ।भिडियो हेर्नुहोस :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु