गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ प्रवासीको कथामा ‘परदेशी २’ प्रवासीको कथामा ‘परदेशी २’ दीप संञ्चार असोज ८, २०८० गते १९:१७ मा प्रकाशित नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पीडालाई देखाइएको छ । चलचित्रमा परदेशीको जीवन देखाइएको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।” उनले चलचित्रका कलाकार मोफसल यात्रामार्फत दर्शकसँग भेटघाट गरिरहेको जानकारी दिए ।चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गरेका छन्। चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #‘परदेशी २ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतिमी आईदेउ’मा कुशुम र दिपकको अन्स्क्रिन प्रेम (भिडियोसहित)चलचित्र ‘रङ्गेली’मा जुनकिरी बनिन् मिरुनामाल्टामा भुवन केसीद्वारा ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटनएमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री