Techie IT
×
गृहपृष्ठग्लोबलईनास युएईको अध्यक्षमा बोहोरा, सांगीतिक विकास समिति संयोजकमा गायिका इन्दिरा भट्टराई

ईनास युएईको अध्यक्षमा बोहोरा, सांगीतिक विकास समिति संयोजकमा गायिका इन्दिरा भट्टराई


काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको अध्यक्षमा एमडी बोहोरा चयन भएका छन् । त्यसैगरी, गायिका इन्दिरा भट्टराई र साहित्यकार रमेश क्षितिजलाई पनि नेतृत्वदायी भूमिका प्रदान गरिएको छ ।

ईनासको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर सुनुवार र द्वितीय उपाध्यक्षमा मोहन बोगटी चयन भएका छन् । त्यसैगरी, महासचिवमा हरि मोक्तान, सचिवमा रुमा अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र दंगाल, सहकोषाध्यक्षमा सन्दीप लामा चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी श्रेया भण्डारीले पाएकी छिन् ।

नृत्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा सनम रसाइली, हास्य व्यङ्ग्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्द्र सेञ्चुरी, चलचित्र विकास तथा प्रवर्द्धन समिति संयोजकमा रमेश क्षीतिज चयन भएका छन् ।

ईनासको सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई चयन भएकी छिन् । भाषा तथा साहित्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा सूर्यकुमार बोहोरा चयन भएका छन् ।

कार्यक्रम तर्जुमा तथा कार्यान्वयन समति संयोजकमा भीम मल्ल ठकुरी, सूचना तथा प्रचारप्रसार समिति संयोजक गणेश रसाइली चयन भएका छन् ।

खेलकुद प्रवर्द्धन समिति संयोजकमा सूर्य सुनुवार र कुल लेप्चा ब्याण्ड म्यानेजर ओतप्रोत ब्याण्ड तथा केन्द्रीय सदस्यमा निमल पुन, रेबिका थापा मगर, अमित सापकोटा, यास्मिन अधिकारी, पल श्रेष्ठ, विष्णु गिरी, हरि डाँगी चयन भएका छन् ।

त्यसैगरी, अनु सुवेदी, अमृता लक्सम, टेक लामगादे, गगनकुमार विक, जेनिषा रम्तेल, प्रिन्स चौलागाई, सुरेन्द्र लामा, कञ्चन देवकोटा र आशिष गुरुङ पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।


क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन
ट्याग : #breaking, #hot, #nepali song

तपाईको प्रतिक्रिया दिनुहोस