Techie IT
×
गृहपृष्ठआर्थिकनेप्से ७ अंकले घट्यो

नेप्से ७ अंकले घट्यो


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ अंकमा झरेको छ।

 

बिहीबार आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, हाइड्रोपावर र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

 

आज ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर कायम छ ।

रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ।


क्याटेगोरी : आर्थिक
ट्याग : #नेप्से

तपाईको प्रतिक्रिया दिनुहोस