Techie IT
×
गृहपृष्ठआर्थिकघट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

 

महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस