Techie IT
×
गृहपृष्ठआर्थिकघट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस