Techie IT
×
गृहपृष्ठआर्थिकनेपाल एयरलाइन्सको वार्षिक आम्दानी २२ अर्ब २४ करोड

नेपाल एयरलाइन्सको वार्षिक आम्दानी २२ अर्ब २४ करोड


काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

 

मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो ।

कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ ।

 

कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

 

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् । आन्तरिकमा २ वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन् । यसबाहेक तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ समेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस