Techie IT
×
गृहपृष्ठआर्थिकनेप्से २७ अंकले बढ्दा ५ अर्बमाथिको कारोबार

नेप्से २७ अंकले बढ्दा ५ अर्बमाथिको कारोबार


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर २ हजार अंकमाथि पुगेको छ । कारोबार खुलेलगत्तै घटेको बजार कारोबार बन्द हुँदासम्म २७.७५ बिन्दुले बढेर २०२२.३५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १।७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।

जारमा कारोबार रकममा पनि सुधार आएको छ । एकैदिनमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस