Techie IT
×
गृहपृष्ठआर्थिकचार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्स


काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।

यसअवधिमा विप्रेषण आप्रवाह २६।४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २६।४ प्रतिशतले बढी हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३।१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस