Techie IT
×
गृहपृष्ठआर्थिक‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ कस्तो छ ? (पूर्णपाठ)

‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ कस्तो छ ? (पूर्णपाठ)


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमश: चलायमान भएको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले सेयर बजार र घरजग्गाको कारोबार बढेसँगै आर्थिक गतिविधि चलायमान भएको बताएका हुन् ।

उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी गराउँदै भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७।१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन् ।

समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि २०८० को चैतसम्म दिइएको र यसले व्यवसायीलाई राहत दिने उनको भनाइ छ । सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको अर्थमन्त्री महतले बताएका छन् ।


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस