Techie IT
×
गृहपृष्ठआर्थिकनेप्सेमा तेस्रो सर्किट, आजलाई कारोबार बन्द

नेप्सेमा तेस्रो सर्किट, आजलाई कारोबार बन्द


काठमाडौं । लगातार ३ पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ ।

आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज ६ प्रतिशत अर्थात् १११.२० अंकले घटेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो ।

कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो । ४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।

एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस