Techie IT
×
गृहपृष्ठआर्थिकसुनको भाउमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौ। नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ ।


क्याटेगोरी : आर्थिक
ट्याग : #breaking, #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस